नेपाल लगायत भारत, चीन, दक्षिण पूर्वी एशिया, पुर्वी अफ्रिका र दक्षिण अमेरिकाको उत्तरी भागका देशहरु विश्वमा बढिरहेको कार्वन निस्किने प्रकृयाका कारण ठुलो बाढीको चपेटमा पर्न सक्ने जापानस्थित टोकियो विश्वविद्यालयले गरेको एक अध्ययनले देखाएको छ।
उक्त अध्य्यनमा सन् १९७० देखि सन् २१०० सम्मको समयलाई लिईएको हो। यो अनुमान ११ वटा ग्रिनहाउसको मोडलको आधारमा गरिएको पनि उक्त अध्ययनले देखाएको छ। यदि तापमान ४-५ डिग्रि सेल्सियसले बढेमा २०औ शताब्दीमा १०० बर्षमा एक पटक मात्र आएको ठूलो बाढी अब १०-१५ बर्षमा नै आउने प्रक्षेपण उक्त अध्य्यनले गरेको छ।
‘माथि उल्लेख गरिएका क्षेत्रहरु पहिल्यैदेखि खतरनाक बाढीग्रस्त क्षेत्र रहेको हो’, टोकियो विश्वविद्यालयका सिविल ईन्जिनियर र वातावरण अध्ययन समुहका सिनजिरो कानेको भनाई रहेको छ।
तापमानलाई सन्तुलनमा ल्याउन काम गरिएन भने १०० बर्षमा एक पटक जाने ठुलो बाढीको संख्या ५-७ पुग्ने अनुमान छ। कार्वन ग्याँस वढ्दो उत्सर्जनले विश्वको तापमान ४-५ डिग्रि सेल्सियसले बढ्ने र सन २१०० सम्ममा करोडौ मानिसहरु भोकमरीको चपेटमा पर्ने र समुन्द्री सतह बढेर पनि धेरै नोक्सान पुर्याउने अनुमान गरिएको छ।
यो अध्ययन टोकियो विश्वविद्यालयको ‘नेचर क्लाईमेट चेन्ज’ नामक जर्नलमा प्रकाशित गरिएको छ।