नेपाली व्यवसायी संघ- बेल्जीयमले के गर्दैछ ?

नेपाली व्यवसायी संघ बेल्जीयमले बेल्जीयमस्थित नेपाली रेस्टुरेन्ट व्यवसायीहरूको हक हितलाइ विचार गरी यहाँको Just Eat कम्पनीसँग प्रस्तावित कमिसन रकम बृद्धि नगर्न आग्रह गरेको छ ।
व्यावसायी संघ बेल्जीयमको पहलमा बेल्जीयमस्थित just eat कम्पनीका मार्केटीङ मेनेजरद्वय केनेक र क्रीस्तोवसंग छलफल गरी नेपाली व्यवसायीहरूको मात्र प्रति बर्ष ४ मिलियन युरो बराबरको कारोबार रहेको उक्त कम्पनीसंग नेपाली व्यवसायीहरूको हितलाइ ख्याल गर्न जोड दिएको छ । हालै मात्र उक्त कम्पनीले बिना सूचना आफ्नो कमीसन रकम बृद्धि गरेकोमा नेपाली व्यावसायी संघ बेल्जीयमले यसलाइ अनुचित भन्दै बृद्धि गरिएको कमिसन रकमलाई पुनर्बिचार गर्न आग्रह गर्दै त्यसो हुन नसके नेपाली व्यवसायीहरूले बैकल्पीक उपाय अपनाउने बताएपछि कम्पनीका मेनेजरद्वयले २ हप्ताको समय माग गरेका छन् । उक्त छलफलमा विभिन्न व्यवसायीहरूले आफ्नो धारणा राख्ने क्रममा बेल्जीयमका चर्चित व्यवसायी अर्जुनकुमार श्रेष्ठले यसलाई पुनर्बिचार नगरे just eat को बार्षिक ४ मिलियन युरोको ब्यापारमा असर पर्ने चेतावनी दिए ।

Nepali businessman belgium in festivalव्यवसायी संघ बेल्जीयमको गत मंगलबार बसेको बैठकमा व्यावसायी संघ बेल्जीयमका निवर्तमान अध्यक्ष अर्जुनकुमार श्रेष्ठ NRN युरोपको संयोजक पदमा निर्वाचित हुन भएकोमा उहाँलाई संघका अध्यक्ष हरीकुमार शर्मा थपलियाले खादा ओढाई सम्मान अर्पण गर्नुभएको थियो । महासचिव लोक दाहालद्वारा संचालित कार्यक्रममा व्यावसायीहरू चिजकुमार श्रेष्ठ, रोशन जोशी, दोर्जे र सन्तोष प्रधानले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

व्यवसायी संघ बेल्जीयमले यहाँको कर कार्यालयसँगको सहयोगमा होरेका ( होटल, रेस्टुरेन्ट र काफे) व्यवसायहरूमा सन् २०१४ बाट लागू गरिने block-box सम्बन्धी तालिम आयोजना गर्ने तयारी गरेको छ । त्यसैगरी, व्यवसाय स्थलमा हुनसक्ने संभावित दुर्घटनाहरूमा प्राथमिक उपचार कसरी उपलब्ध गराउने भन्ने स्वास्थ्य तालिम रेडक्रसको सहकार्यमा गर्न लागिएको जानकारी महासचिव दाहालले दिएका छन् ।

नेपाली व्यवसायी संघ बेल्जीयमले हालै मात्र नेपाल उद्योग वाणिज्य महासँघ (FNCCI) बाट बैदेशिक सदस्यता पाएको छ ।