नेपाली महिला टप मोडल बेल्जियमको फाइनलमा

प्रवासमा रहेका नेपालीहरुले अवसर पाएमा आफ्नो  क्षमता देखाउन थालेका छन र अब्बल पनि ठहरिदै गएकाyogita  छन। बिगत सात बर्ष देखि बेल्जियम बस्दै आएकी काठमाण्डौकी योगिता कुमारी थापा टप मोडल बेल्जियमको फाइनलमा पुग्न सफल भएकी छन्। उनि २९ देखि ४० वर्ष उमेर समुह अन्तर्गत ‘टप मोडल बेल्जियम सिनियर २०१६’ को फाइनलमा पुग्ने पहिलो नेपाली महिला भएकी छन ।

आउदो जनवरी २४ मा पेरिसमा भव्य समारोहका साथ बिजेताको घोषणा गरिदै छ । प्रतियोगितामा बिभिन्न विधामा गरी करिब १८० प्रतियोगीले भाग  लिने जनाइएको छ । सिनियर तर्फ भने १० जना प्रतियोगी रहेका छन । १० प्रतियोगीबाट सिनियर तर्फको बिजेता घोषणा गरिने छ । जुन ५ मा सार्लुवामा सेमिफाइनलका ४० जना प्रतिस्पर्धीहरु बीच अन्तिम १० जनाको छनोट गरिएको थियो। सिनियर तर्फ भने महिला मात्र रहेका छन ।
थापाले यो नेपालीहरुको गर्वको बिषय भएको बताइन। भोट र ज्यूरीको आधारमा विजयीको घोषणा गरिने भएकोले थापाले सबै नेपाली शुभेच्छुकहरुलाई भोट दिन आग्रह गरेकी छन। उनलाई बेल्जियम, फ्रान्स र लक्जेम्बर्गबाट मोबाईल एसएमएसमार्फत भोट दिन सकिन्छ । yogita 2
थापाले भारतको नयादिल्लीस्थित आइआइएफटीबाट फेशन डिजाइन र मलेसियाको जे एफ ब्युटी एकेडेमीबाट ब्युटी कोर्समा स्नातक गरेकी छन। नृत्यमा रुचि राख्ने थापा प्रवासमा रहेर पनि नेपाली कलाकारिताको क्षेत्रमा सक्रिय छिन। उनले युरोपमै छायांकन गरिएको गायक ओमविक्रम विष्टको आवाज देउ.., र गायिका दिव्यज्योति विष्टको ‘नआउ नजरमा.., बोलको गीतमा समेत मोडलको रुपमा अभिनय गरेकी छन। बेल्जियमकै कलाकार डिजे रोक्सले तयार गरेको म्युजिक भिडियोमा पनि उनले आफ्नो क्षमता देखाईसकेकी छन।
बिस महिना अघिदेखि बेल्जियमका विभिन्न सहरमा कार्यक्रमको आयोजना गरी प्रतिस्पर्धीहरु छनोट गरिएको थियो । २००४ देखि शुरु भएको यो १२ औ शृंखला हो ।

फोटो: फेसबुकबाट