नेपालमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

Jhola Nepali Movie Posterनेपाललाई अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना स्थलका रुपमा प्रवर्द्धन गर्न र नेपाली चलचित्रलाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउने उद्वेश्यका साथ रुसी सांस्कृतिक केन्द्र कमल पोखरीमा यहि माघ १३ गते देखि अन्तर्राष्ट्रिय चलचित्र महोत्वस हुने भएको छ|

नेपाल फिल्म सोसाईटीद्वारा आयोजना गरेको उक्त महोत्सवमा नेपाल,भारत,ईजरायल,दक्षिण कोरीया, स्पेन,फ्रान्स,नर्वे,दक्षिण अफ्रीका र रुसका गरी दश देशका उत्कृष्ठ चलचित्र प्रदर्शन गरीदै छ|पाच दिन सम्म चल्ने उक्त महोत्वसमा प्रत्येक दिन सहभागी दश देशका दुई /दुई चलचित्र प्रदर्शन गरीने छ|

महोत्सवको पहिलो दिन भने नेपालको सति प्रथालाई बिषय बस्तु बनाई तयार पारिएको नेपाली कथानक चलचित्र ‘झोला’प्रदर्शन गरीने भएको छ|