निर्देशकको भिसा छैन, नायिका जेनिषा लन्डनमा

Jenisha-KCएक नेपाली फिल्म लन्डनमा सुटिङ गर्ने भनियो तर निर्देशकको भिसा नै लागेन। निर्देशक सविर श्रेष्ठको भिसा नलागेपछि निर्देशकबिनै हालै नायिका जेनिषा केसी एक्लै लन्डन पुगेर त्यसको सुटिङ गरीन् ।
फिल्म ब्रिटिस सेनासँग सम्बन्धित भएकाले केही दृश्य बेलायतमै खिच्ने फिल्म युनिटको योजना थियो । तर भिसाले दुःख दियो । निर्देशक श्रेष्ठको अभावमा त्यहाँका दृश्यको निर्देशन उतै रहँदै आएका मनिष श्रेष्ठले गरे । लन्डनमा गीतसहित केही दृश्यको सुटिङ गरेर नायिका जेनिषा केसी नेपाल फर्कीएकी छन् ।
Jenisha KC