कविता
उद्विग्न अन्तरमनमा
प्रत्येक दिन दिनमा
अभितप्त पाइलामा
मेरो अस्तित्वको जरामा
ए सुन !
नवजीवनको महत्त्वाकांक्षा फैलिएको उद्भाव फिलिङ्गो
नयाँ सञ्जालको संसार !
आफैमा बल्झीएको झोँक
कुटुम्बहरूले मौलाएको रोष
समाजले रङ्गाएको विद्रोह
आपत्ति पन्छाएर अवसर खोज्छु
आशाको खोज यो, सुखधाम पुरस्कार
सीमा त मानवनिर्मित न हो
सीमाहीन विराट जगत्-को यात्रामा,
पढ्न नसकिएका ती आँखाहरू
धमिलो त्यो दूर दृश्य
प्रष्टिंदै नजिकिन्छ
सत्त्वको आकार
स्वरको तीब्र गतिमा बत्तिएको
विचारको माकुरो जालीमा उनिएको
आशाको क्षितिजमा फैलिएको
र्इमान र आर्जनको भरोसा यो
सङ्घर्ष हो, मनको सपना साकार
नयाँ सञ्जालको संसार !
– पंचम अधिकारी, ब्रसेल्स