नक्कली ‘पुलिस इन्सपेक्टर’ पक्राउ

आफुलाई प्रहरी निरीक्षक(इन्सपेक्टर)को रुपमा प्रस्तुत गरी प्रहरीमा  जागिर लगाउने आश्वासन दिँदै ठगी गर्ने आज पक्राउ परेका छन् । प्यूठान घर भई कपन बस्ने बुद्धि बहादुर जिसीसहित तीन जना पक्राउ परेका हुन् ।

रामेछापका सुरेश अधिकारीलाई प्रहरीमा जागिर लगाइन्छिु भन्दै २५ हजार लिएको प्रहरीले जनाएको छ । नक्कली इन्सपेक्टर जिसीसहित काभ्रेका हरि प्रधान र सिन्धुपाल्चोकका बुद्धि लामालाई पनि महानगरीय प्रहरी वृत्त गौशलाले पक्राउ गरेको छ ।

गत ३० चैतमा उनीहरुले पैसा लिएको प्रहरीले जनाएको छ । प्रहरीमा भर्ना हुनका लागि ५० हजार चाहिने भन्दै २५ हजार लिइसकेको अनुसन्धानमा खुलेको छ । बिश्वासमा पार्न जिसीले आफुलाई चाबहील क्षेत्रमा काम गर्ने इन्सपेक्टरका रुपमा चिनाउने गरेका थिए ।

पिडितले आफुलाई ठगी गरेको उजुरी दिएपछि उनीहरुलाई गौशला वृत्तले पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको हो ।

त्यस्तै मदिरा पिएर युवतीलाई अभ्र व्यवाहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

कालोपुल बस्ने मनिष डंगोललाई प्रहरीले पक्राउ गरेको हो । बाटोमा हिडेकी महिलालाई उनलाई अभद्र व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरी गौशला प्रहरीले सार्वजनिक अपराध अन्र्तगत मुद्दा दायर गरेको छ ।