दीपिका पादुकोण र कपिल शर्मा ‘इन्डीयन अफ द इयर’

Kapil sharma- deepika padukoneबलिउड अभिनेत्री दीपिका पादुकोण र हास्य कार्यक्रम प्रस्तोता कपिल शर्मा भारतीय मनोरञ्जन उद्योगमा योगदानको लागि ‘इन्डीयन अफ द इयर २०१३’ उपाधिबाट पुरस्कृत भएका छन् ।

CNN-IBN द्वारा शुक्रबार अपरान्ह आयोजित एक पुरस्कार समारोहमा दीपिकाले उनको बुबा, जो ब्याडमिन्टनका नामूद खेलाडि पनि हुन्, बाट विशेष उपलब्धि पुरस्कार प्राप्त गरिन् । यो वर्ष उनका Yeh Jawaani Hai Deewani, Chennai Express र Ram-leela सुपर हिट फिल्म आएका थिए ।

त्यसैगरी Comedy Nights With Kapil का निर्माता तथा प्रस्तोता कपिल शर्माले सो पुरस्कार पाए । उनको सो कार्यक्रम भारतमात्र होइन, सँसारभरि लोकप्रीय छ ।
Kapil wins