गत २७ जुलाई २०१४ को दिन बेलायतको गोर्खा ईस्पाईस रेष्टुरा, आशफोर्डमा पुर्व त्रिभुवन युनिभर्सिटिका प्रोफेसर तुलसी दिवस (तुलसी प्रसाद जोशी) लाई विश्व नेपाली साहित्य महासङ्घ बेलायतले भव्यरुपमा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा मशासङ्घकै अध्यक्ष विश्वासदिप तिगेला सभापतित्वमा रहनु भएको थियो भने प्रमुख अतिथी तुलसी दिवस र अतिथिहरुमा नेपालबाट आउनु भएका फिल्म निर्मात्री तथा कलाकार भिस्मा चेम्जोङ, सेवारो कला सङ्घका अध्यक्ष काजिमान लिम्बु, कथाकार विजय हितान, केन्टबरी सेवा समाजका अध्यक्ष घन थापा, साथै आदिबासी जनजाति महासंघका अध्यक्ष श्रीप्रसाद लिम्बु लगायत विभिन्न सघं सस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थिती रहेको थियो ।
धनकुटा सेवा समाजका अध्यक्ष धन लिम्बुको उक्त कार्यक्रममा आमन्त्रितलाई स्वागत मन्तव्य पश्चात परिचयात्मक कार्यक्रम रहेको थियो । तत्पश्चात सिर्जना वाचन कार्यक्रम रहेको थियो । सो कार्यक्रममा विश्वासदिप तिगेला, विजय हितान, काजीमान यक्सो, सुरेन्द्र ईङ्नाम, घन थापा, श्री लिब्बु लगायत अन्य गरेर १२ भन्दा धेरै सिर्जनाहरु वाचन गरिएको थियो भने सिर्जना वाचन सुरेन्द्र ईङ्नामको बाँसुरीले अन्त्य गरिएको थियो ।