भारतको कर्नाटक राज्यका एक व्यक्तिलाई ढुंगा, माटो र इँटा खान पाउँदा मख्ख पर्छन् । यस्तो अनौठो स्वभाव भएका व्यक्ति हुन्, ३० वर्षीय पक्कीरप्पा हुनागुंडी ।‘माटो, डुंगा र इँटा मेरो बेस्ट खाना हो । यो भएपछि मलाई अरू केही चाहिँदैन,’ उनले भने । यस्तो ‘खाना’ उनले दिनहुँ खाने गरेका छन् । ‘नखाइरहन सक्दै सक्दिनँ, खै कस्तो बानी लागेको हो,’ उनले भने ।
१० वर्षअघिदेखि उनलाई यस्तो बानी लागेको हो । अहिले हरेक दिन उनी एउटा इँटा र एक किलो माटो खाने गर्छन् । ‘मैले ढुंगा, माटो खाएको देखेपछि आमाले पटकपटक मलाई रोक्न खोज्नुभएको थियो । तर, मैले आफूलाई रोक्नै सकिनँ,’ उनले भने । यस्तो खाना खाए पनि आफ्नो स्वास्थ्यमा कुनै समस्या देखा नपरेको उनी बताउँछन् । पक्कीरप्पा मजदुरी गरेर जीवनयापन गर्ने गर्छन् । मजदुरी छोडेर उनी अब भारत भ्रमण गर्ने विचारमा छन् । ‘भारतका हरेक कुनाकाप्चामा पुगेर ढुंगा, माटो खाने क्षमता प्रदर्शन गर्ने सोच बनाएको छु,’ उनले भने । डाक्टरका अनुसार पक्कीरप्पाको यस्तो बानीलाई चिकित्साभाषामा ‘रेयर इटिङ डिसअर्डर’ भनिन्छ । पिका नामक रोगबाट उनी ग्रस्त छन् । यस्तो रोग लागेका व्यक्ति बरफको टुक्रा, माटो, चक, ढुंगा, इँटा, बालुवा आदि खान भनेपछि मरिहत्ते गर्छन् ।
|