ट्राफिक जरिवानाको बदलामा यौन सम्बन्ध

belgian policeट्राफिक गल्ती गर्ने महिलासँग जरिवानाको बदलामा सहबास सम्बन्ध राखेर छुट्कारा दिने एक प्रहरीलाई बेल्जीयन अदालतले सजाय सुनाएको छ ।
४५ वर्षिय मोटर साइकल सवारी ती प्रहरीले सन २०११ मा ‘ज्यादा गम्भीर नमानिएको’ प्रकृतिको गल्तीमा महिलासँग अनुचित सम्बन्ध राखेर जरिवानाको टिकट मिनाहा गरेका थिए । पछि महिलाले तर्साएर नाजायज फाइदा लिएको भनी उजुरी गरेकी थिइन् । तुर्नहाउतको अदालतले ती प्रहरीलाई ४ वर्ष जेल तोकेको छ र उसले १० वर्षको निम्ति ‘नागरिक अधिकारहरू’ गुमाएउने निर्णय दिएको छ ।