टोरोन्टोमा पहिलो ‘नेपाली टोपी ईभेन्ट’

Nepali-Topi-Eventदेशबाहिर पनि नेपाली राष्ट्रियताको पहिचानलाई जोगाई राख्न राष्ट्रियताको प्रतीक नेपाली टोपी पहिरिएर नेपाली टोपी ईभेन्टको नामबाट एउटा नौलौ कार्यक्रम शुरु गरिएको छ । टोरोन्टो साहित्य समाजको आयोजनामा क्यानाडाको विशाल टोरोन्टोमा बसोबास गर्ने बुद्धिजिविहरुको समूहले नेपाली टोपी ईभेन्टको नामबाट शुरु गरेको यसको पहिलो ईभेन्टका रुपमा गत नोभेम्बर २४ का दिन क्यानाडाका लागि नेपालको पहिलो राजदूत डा. भोजराज घिमिरेको विदाई कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाली टोपी ईभेन्टको नामबाट आयोजना गरिएको यस कार्यक्रममा सबै सहभागीहरुले अनिवार्य रुपमा नेपाली टोपी लगाएर उपस्थित भएका थिए । नेपाली साहित्यका मर्मज्ञ तथा गजलकारका रुपमा परिचित डा. घिमिरेले आफ्नो कार्यकाल पुरा गरेर फिर्ता स्वदेश फकर्ने भएकोले राजदूतको विदाईसँगै महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औं जयन्तीको पनि सम्झना गरिएको थियो । टोरोन्टो नेपाली साहित्य समाजको आयोजनामा आयोजित नेपाली टोपी ईभेन्टमा विशाल टोरोन्टोका लागि अवैतनिक महावाणिज्यदूत डा. कुञ्जर शर्माले डा. घिमिरेको पहिलो राजदूतका रुपमा क्यानाडामा रहेको वहाँको कार्यकालको सम्झना गर्दै एउटा अविभावकका रुपमा राजदूतले निर्वाह गर्नु भएको भूमिकाको प्रसंशा गर्दै आफ्नो तर्फबाट गिफ्ट कार्डसहित क्यानाडावासीका तर्फबाट यस वर्ष साहित्यमा नोबल पुरस्कारबाट विभूषित क्यानाडाकी कथाकार एलिस मुनरोका Dear Life र Best Stories पुस्तकसहित टोरोन्टोको सि.एन. टावरको प्रतीक मायाको चिनो भेट गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली टोपी ईभेन्टका परिकल्पनाकार तथा टोरोन्टो साहित्य समाजका संस्थापक डा. गोबिन्दसिंह रावतले नेपालबाहिर रहेका हामी नेपालीहरुले आफ्नो राष्ट्रियताको पहिचान बनाइराख्न नेपाली टोपी ईभेन्टको अवधारणालाई अगाडि ल्याएको र यसरीनै यहाँका बुद्धिजिवि समूहहरुको सहभागितामा महिना–दुई महिनामा भेटघाटको वातावरण नेपाली टोपी ईभेन्टको नामबाट शुरु गर्ने जानकारी दिनु भयो । वहाँले यसरीनै टोरोन्टो साहित्य समाजले डिसेम्बरमा नेपाली साहित्यका कविता विधाका संरचनावादी समालोचक प्राध्यापक डा. खगेन्द्र लुईटेलसहित अन्य नेपालका साहित्यकारहरुको सहभागितामा अर्को नेपाली टोपी ईभेन्टको आयोजना गर्ने र त्यसपछि १८ जनवरी २०१४ मा नेपाल क्यानाडाबीच शुरु भएको द्वत्य सम्बन्धको सम्झनामा रक्तदान कार्यक्रमसँगै नेपाली टोपी ईभेन्टको आयोजना गर्ने बारे जानकारी गराउनु भएको थियो ।कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका क्षेत्रीय निर्देशक नवराज गुरुङ्गले महामहिमसँगको सम्बन्ध र क्यानाडामा उनको कार्यकालअवधिमा नेपाल र नेपाली समुदायका लागि गर्नु भएका सहयोगात्मक कार्यक्रमको स्मरण गर्दै उनी नेपाली समूदायका बीच सधै स्मरणीय रहने बताउनु भयो । वहाँले आफ्नो तर्फबाट राजदूतलाई पुस्तक उपहार दिनु भउको थियो ।
टोरोन्टो साहित्य समाजका अध्यक्ष मुक्ती गौतमले महामहिम राजदूतको नेपाली भाषा साहित्यप्रति रहेको लगाव र आफ्नो कार्यकालमा उनले क्यानाडाका नेपाली साहित्यको लागि गरेको योगदानको सम्झना चीरस्थाई रहने भन्नु भयो ।
टोरोन्टो साहित्य समाजका सल्लाहकार गोपी कृष्ण कफ्लेले आफ्नो नयाँ कृति विश्व प्रसिद्ध ब्यङ्य कथाहरु महामहिम राज्दूतलाई उपहार दिदै वहाँको कार्यकाल्को सम्झना गर्नु भएको थियो। टोरोन्टो साहित्य समाजका संस्थापक डा. तुलसी धरेलबाट संचालित कार्यक्रममा टंक खनाल, किरण पन्त, आङ्गबोरु शेर्पा, केदार बस्नेत, नारायण घिमिरे आदिले पनि क्यानाडामा नेपालीहरुलाई चिन्हाउन र व्यापारिक सम्बन्ध विस्तार गर्न नेपाल सरकारबाट केकस्तो पहल गरिनु पर्ने बारे विचार राख्नु भएका थिए । कार्यक्रमको अन्त्यमा डा. धरेलले राजदूत, महावाणिज्यदूतसँगै उपस्थित सबैलाई धन्यवाद दिदै नेपाली टोपी ईभेन्टलाई निरन्तरता दिदै जानेबारे जानकारी गराउनु भयो ।
उक्त अवसरमा महाकविको १०५औं जयन्तीको सम्म्झनामा महामहिम राजदूतसहित डा. गोबिन्द रावत, गोपी सापकोटा, प्रदीप पौडेल, अनुप न्योपाने आदिले कविता वाचन गर्नु भएको थियो भने महावाणिज्यदूत डा. कुञ्जर शर्माले संस्कृतका श्लोक सुनाएर सच्चरित्रका बारेमा आफ्ना संझनाहरु सुनाउनु भएको थियो भने कृष्ण तिम्सिनाले गीत सुनाउनु भएको थियो । कार्यक्रममा महामहिम राजदूत डा. घिमिरेले आफ्ना कार्यत्राmको संझना गर्दे क्यानाडाका नेपाली समुदायबाट पाएको माया आफ्नो सम्झनामा सधै रहीरहने र आफु नेपालमा रहे पनि क्यानाडाका नेपाली समुदायका लागि सधै सहयोगीका रुपमा काम गर्दै जाने विचार व्यक्त गर्दै नेपालमा आउदा उनलाई भेट्न सबैलाई अनुरोध गर्नु भयो । उनले आफ्ना कविता र गजलका माध्यमबाट आफ्नो कार्यकालको चर्चा गर्दै नेपाल गएर क्यानाडाको कार्यकालमा लेखिएका उपन्यास, कथा संग्रह र गजल संग्रह प्रकाशित गर्ने जानकारी गराउनु भयो ।
विशाल टोरोन्टोमा अवस्थित माउण्ट एभरेष्ट होटलकमा आयोजित पहिलो नेपाली टोपी ईभेन्टमा अतुल सुवेदी, अमित उपाध्याय, अमित शर्मा, अनुप न्योपाने, अञ्जनी शर्मा, आङ्गबरु शेर्पा, डा. गोबिन्द रावत, गोपीकृण काफ्ले, डा. हरी गुरुङ्ग, कृष्ण तिम्सिना, किरण पन्त, मदन के.सी., मुक्ती गौतम, नवराज गुरुङ्ग, नारायण घिमिरे, डा. नारायण रेग्मी, प्रदीप पौडेल, पशुपति पोखरेल, प्रज्वलराज जोशी, संजय लुईटेल, टंक खनाल, डा. तुलसी धरेल, यादव पोखरेल, भोलाराज पोखरेल, केदार बस्नेत, विरेन्द्र लम्साल आदिको उपस्थिति रहेको थियो ।
गोविन्द सिंह राउत, क्यानाडा