जवाफी कारवाहीमा अधिकारी मारीएको गृहमन्त्रीको भनाई

चरीको हत्या सुनियोजित किसिमले गरीएको भन्दै एमालेका केहि नेताहरुले छानबिनको माग गरीरहेको बेला  उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले डन bamdevदिनेश अधिकारी ‘चरी’ को मृत्यु जवाफी कारवाहीमा भएको प्रस्टिकरण दिएका छन् |

चरी भीमढुंगा हुँदै धादिङतर्फ जान लागेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाहीमा मारिएको गृहमन्त्रीले बताए । ‘प्रहरीलाई शंका लागि पक्राउ गर्दा खोज्दा निजले प्रहरीतर्फ गोली प्रहार गरेकाले जवफी कारबाहीमा निजको मृत्यु भएको हो’ उनले भने । गृहमन्त्री गौतमले अधिकारी प्रकरणबारे गृहमन्त्रालयले विस्तृत सूचना संकलन गर्ने काम गरिरहेको जानकारी गराउदै  ‘सो प्राप्त भएपछि थप कारबाही गरिने’ बताए |

गृहमन्त्रीले शुक्रवार सदनमा जवाफ दिदै अधिकारी २०६२ सालदेखि नै विभिन्न अपराधमा संलग्न रहेको बताए | गृहमन्त्रीले काठमाडौं प्रशासनमा हात हतियार तथा खरखजना, जिल्ला अदालतमा सवारी अंग भंगको मुद्दा चलिरहेको,यस्तै राधा भण्डारीमाथि खुकुरी हानी ज्यान मार्ने उद्योग गरको, हरिप्रसाद काफ्ले शर्मासँग ज्यान मार्ने धम्की दिइ रकम असुल गरेको र अपहरणको प्रयास गरेको, नवराज अधिकारीसँग पनि रकम मागेको र अवैध हातहतियार भित्र्याएको उजरी रहेको जानकारी गराए|

बैठकमा धादिङ  क्षेत्र नं. ३ का एमाले सभासद् राजेन्द्रप्रसाद पाण्डेले गृहमन्त्रीले जवाफ दिए लगत्तै बोल्ने समय माग गरेपनि सभामुखले उपप्रधानमन्त्रीको धारणामा तत्कालै प्रतिवाद गर्न नियम छैन भन्दै अनुमति नदिए पछी पाण्डेले जुरुक्क उठेर हत्या नियोजित किसिमले भएको आरोप लगाउदै ‘मन्त्री ज्यूले पुलिसले लेखिदिएको रिपोर्ट आएर पढ्नुभएको छ |एउटा नागरिक मारिएको छ |यो घटना यत्तिकै सकिनेवाला छैन |’चेतावनी दिए| केहि एमाले नेताहरुले ताली बजाए |बैठकमा दलका नेता केपी शर्मा ओली भने थिएनन् |सभामुखले घुमाएर भए पनि आफ्नो कुरा राखेको भन्दै सदनको कारवाही अघि बढाए|