चौरीगाईको आलो रगत पिउने मेला शुरु

म्याग्दीको शिख गाविसस्थित खोप्रा लेकमा बुधबारदेखि चौरी गाईको आलो रगत पिउने मेला शुरु भएको छ|नांगी–पाउद्धार संयुक्त चौरीपालन समितिले yakमेलाको आयोजना गरेको हो|यार्सगुम्बा, जटामसी, निरमसी, पाँचऔले लगायतका जडिबुटी पाईने हिमाली क्षेत्रको चरनमा चरेका चौरी गाईको आलो रगत पिएमाग्यास्ट्रिक, गानोगोला, बाथ, शारीरीक कमजोरी र हाडजोर्नी सम्बन्धि रोग निको हुनुका साथै शारिरीक स्फुर्ती बढ्नेजनविश्वास रहेको छ|

पाँच दिनसम्म चल्ने मेलामा शिख, घार, नारच्याङ, भुरुङ तातोपानी, दाना, झिँ, पाखापानी, घतान, पुलाचौर, बेनीसंगै पोखरा र काठमाडौबाट समेत पाँच सय जना भन्दा बढीले रगत पिउने अनुमान गरिएको आयोजक समितिले जनाएको छ|

प्रति गिलास ८० रुपैयाका दरले मेलामा चौरी गाईको रगत बिक्री गरेर भएको आम्दानी हिमाञ्चल उच्च मावि नांगी र शिखको पाउद्ध मा.बि सञ्चालनमा खर्च गरिदै आएको छ |बिशेष प्रकारको छुराको सहयोगले चौरीगाईको घाँटीबाट २० देखि २५ गिलाससम्म रगत निकाल्ने र यसरी रगत निकाल्न चौरी गाईको स्वास्थ्यमा कुनै असर नपर्ने रगत निकाल्ने काम गर्दै आएका (आम्ची) पर्तबहादुर चोचाङ्गी मगरले बताए |

शिखको खोप्रामा वर्षको दुई पटक मेला लाग्ने गर्दछ |खोप्रामा साउन र लरेनीमा फागुन महिनामा आयोजना हुने मेलाका लागि साढे दुई सय चौरीगाई पालिएको छ |