चुनावी परिणामबारे देशी विदेशी गुप्तचरहरूको पूर्व अनुमान

election nep2013 दोस्रो संविधानसभाको चुनावमा देशी-विदेशी पूर्वानुमानमा नेपाली काँग्रेसले एमाओवादीलाइ उछिन्ने रिपोर्ट निकालेको बताइन्छ । दोस्रो संविधानसभाको परिणाम कुर्न अब धेरै समय बाँकी छैन । तर, चुनावअघि नै परिणामबारे आँकलन गर्दै हिँडेका केही विदेशी शक्तिहरुले आ-आफ्ना ‘प्रि इलेक्सन एनालाइसिस’ तयार पारेका छन् । नेपालभित्रैबाट सुरक्षा निकायले निर्वाचनसम्बन्धी पूर्वानुमान रिपोर्ट तयार पारेको छ ।

यूरोपेली युनियन एवं अमेरिकी विश्लेषकहरु विभिन्न जिल्लाको चुनावी आँकलन गरेर राजधानी फर्किएका छन् । प्राप्त जानकारी अनुसार उनीहरुले फिल्ड भ्रमणबाट तयार पारेको ‘प्रि-इलेक्सन एनालाइसिस’ रिपोर्टमा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सक्ने र एकीकृत माओवादी केही सीट कमले दोस्रो बन्ने अनुमान गरिएको छ ।

nep election2013त्यस्तै, केही पश्चिमाहरुले तयार पारेको चुनावी पूर्वानुमानमा एमाओवादी तेस्रो स्थानमा सीमित हुने सम्मको दाबी गरिएको छ । प्रत्यक्षमा, पहिलोमा ५६ सीट सहित कांग्रेस, दोस्रोमा ४८ सीटसहित एमाले र तेस्रोमा ३९ सीटसहित एमाओवादीको विजय हुने उनीहरुको दाबी छ । मधेसमा फोरम, तमलोपा र सद्भावनाले २/२ सीट गरी कूल ६ सीटमात्रै जित्ने पश्चिमाहरुको अनुमान छ ।ती पश्चिमा अनुमानमा ७९ सीटको परिणाम प्रतिस्परर्धात्मक भनेर अनुमान लगाउने खेलमा ठाउँ छोडिएको छ ।

नेपाली सुरक्षा स्रोतको अनुमानमा, कांग्रेसले जित्ने सम्भावित सीट संख्या ७५ देखि ८० सम्म रहेको छ । एकीकृत माओवादीले ६८ देखि ७० सीटसम्म जित्ने अनुमान गरिएको छ । एमाओवादी दोस्रो दल बन्ने सुरक्षा स्रोतको दाबी छ । तेस्रो बन्ने दाबी गरिएको एमालेले ५५ देखि ५८ सीटसम्म ल्याउने अनुमान गरिएको अनलाइन खबरले लेखेको छ ।मधेसी दलको कति सीट आउँछ भन्ने उसको आँकलनमा प्रस्ट नभएता पनि कमल थापाको दलले समानुपातिकतर्फ १५ देखि २० सीटसम्म ल्याउन सक्ने अनुमान गरिएको छ ।