नेपालीहरुले अब चिनियाँ फिल्ममा पनि नेपाललाई देख्न पाउने भएका छन् । बलिउड चलचित्रमा नेपालका दृश्य देखिनु नौलो नभएपनि उत्तरी चीनका फिल्ममा भने नेपालका दृश्यलाई खासै प्रयोग गरिएको पाइदैन ।
अहिले चिनको फिल्म ‘ 等风来’ जसलाई अंग्रेजीमा ‘Up in the wind ’ भनिन्छ , यसका नेपाललाई देखाइएको छ । नेपाल अहिले चिनियाँ पर्यटकहरु बढेसँगै चिनियाँ फिल्मकर्मीहरु पनि नेपालतर्फ आकर्षित भएका छन् ।
यस फिल्मलाई चिनियाँ नयाँ वर्षको अवसर पारेर रिलिज गरिएको थियो । कमेडी र रोमान्स मिसिएको यो फिल्म नेपाल घुम्न आएका चिनियाँ जोडीको कथामा आधारित छ। फिल्मको काठमाडौँ, पोखरा र चितवनमा सुटिङ गरिएको हो।