बरिष्ठ संगीतकार अम्बर गुरुङ घरैमा लडेर विरामी भएपछि अस्पताल भर्ना भएका छन् ।
राष्ट्रिय गीतका संगीतकार तथा संगीत तथा नाट्यकला प्रतिष्ठानका उपकुलपति गुरुङलार्इ उपचारका लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । उपचाररत गुरुङको अवस्था खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।
केही वर्षयता पार्किन्सन्स र मधुमेहबाट पीडित गुरुङ बिहीबार बिहान घरमा अचानक लडेपछि टाउकोमा चोट लागेको पारिवारिक श्रोतले जनाएको छ । लडेलगत्तै उनलाई तत्काल ग्राण्डी अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।