
एक अमेरिकी पाइलटले आइतवार अपरान्ह गलत विमानस्थलमा यात्रुवाहक जहाज ल्यान्डीङ गरे । १२४ यात्रु रहेको सायथवेस्ट एयरलाइन्सको सो जहाज मिसुरी राज्यको ब्रान्सोन एयरपोर्टमा उतारिनु पर्ने थियो । तर पाइलटले १० किमी टाढाको काउन्टी एयरपोर्टमा उतारे ।
भाग्यवश, कुनै दुर्घटना नभएको CNN ले जनाएको छ । जहाज ल्यान्डीङ भएपछि यात्रुहरूलाइ बसबाट गन्तव्यमा पुर्याइएको थियो ।