कविता
जव !
शहीदको चिहानबाट
नेताको महलको जग खनिन्छ
तव !
मलाई लाग्दैन थियो कि <
त्यो घरले झुण्डयाउने छ
नयाँ नेपालको साइनवोर्ड
र, त्यहाँ चल्नेछ –
गहन विषयमा छलफल हुने
कहिल्यै कोरम नपुगेको सँसद .
तर सही हुदैनन्
कतिपय पूर्वानुमानहरु ।
उँघेका साँसदहरु !
उल्लु सम्मेलन चलेकै छ सँसदभित्र
सम्विधानको खेतीले पुगेकै छ खान,
केन्द्र््ीय भवनमा लालमोहर लाग्छ
छलफल नभएको विधेयकमा
मान्छेहरु जान्छन सद्दे
फर्किन्छन बाकसहरुमा,
रेमिट्यान्सको खेतीले पुगेकै छ खान,
आउ शून्य समयमा –
प्रकट गरौं सानदार समवेदना !
देश निदाएको छ सभासदसँगै
हामी छौं कुम्भकर्णको प्रदेशमा
परिवर्तनको खेतीले पुगेकै छ खान ।
म धिक्कार गर्छु
भोट हाल्ने यी हातहरुलाई
जो, स्वाभिमान बन्दक राखेर
गजवको अख्तियारी दिन्छन्
“जाउ सर्वस्व हरण गर मेरो
म माफी दिन तयार छु,
मैले मेरो टाउकोमाथी
पैताला राख्न मिल्ने तिम्रो सत्ताको मैदान तयार गरेको छु”
स्वागत छ खेल मैदानमा ।
तर, प्रश्न गर्ने अधिकार सुरक्षित छ म सँग
-कसरी निदाउँछौ तिमीहरु
सारा नेपालीहरुको निद्रा अपहरित भएको वेला <
-कसरी चपाउँछौ क्याण्टिनको सुकुटी, सेकुवा र छोयला
बाकसमा आउने लाशहरुको गन्ध देशैभरि फैलिएको वेला <
जव, शहीद स्मारक अगाडी
नेता, गोहीको आँशु चुहाउँछ
तव, मलाई लाग्दैन कि
मन्दिर र चौरहरुमा उडने परेवाहरुमाथी
चील र वाजहरु उडिरहेका छैनन् ।
– दीपेन्द्र के.सी.
बागलुङ, हाल: लुभेन, बेल्जियम ।