कांग्रेस महान्त्रीमा सशांक कोइराला निर्वाचित भएका छन् । १३ औं महाधिवेशनमा भएको निर्वाचनमा उनले १४१७ मत प्राप्त गरेका छन ।अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै महामन्त्रीमा निर्वाचित सशांक रामचन्द्र पौडेल समूहबाट चुनाव लडेका थिए ।
देउवा समुहबाट निर्वाचन लडेका अर्जुननरसिंह केसीले १०१७ मत प्राप्त गरे भने सिटौला पक्षबाट निर्वाचन लडेका युवा जमातमा लोकप्रिय मानिएका गगन थापा ५८४ मत प्राप्त गर्दै पराजय भोगेका छन् ।
२०१५ सालमा विराटनगरमा जन्मेका सशांक कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा हुन्। सशांकले परिवारसँगै २०१७ देखि २०३६ सालसम्म निर्वासित जीवन बिताएका थिए । ०६७ को १२औं महाधिवेशनमा चौथो स्थानको मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका सशांक नवलपरासीबाट ०६४ र ०७० को दुइटै संविधानसभामा निर्वाचनमा विजयी भएका हुन् थिए ।