पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा यही अक्टोवर ५ मा बेल्जियम भ्रमणमा आउँदैछन् | उनी निजि भ्रमणको शिलशिलामा यहि सेप्टेम्वर २४ मा बेलायत आउदै छन | यसै शिलशिलामा उनि बेल्जियम आउन लागेका हुन्| बेल्जियममा रहदा युरोपमा रहेका आफना समर्थक संग भेटघाट गरी अक्टोवर ७ मा नेपाल फर्किनेछन |
यसै गरी सेप्टेम्बरको २९ मा नेपाल सरकारका प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शुशील कोईराला पनि ब्रसेल्सको भ्रमणमा आउदै छन| ब्रसेल्समा प्रधानमन्त्री कोइरालाले युरोपेली सँघका अध्यक्ष हर्मन भान रोम्पोइसँग ब्रसेल्समा भेटवार्ता गर्नेछन | बेल्जियमका कामचलाउ प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छलफलका क्रममा रहेको बुझिएको छ | त्यस्तै प्रधानमन्त्री कोइरालाले युरोपमा रहेका राजदूतहरूलाई निर्देशन दिने र बेल्जियममा रहेका गैर आवासीय नेपालीहरु संग अन्तरकृया गर्ने कार्यक्रम रहेको छ ।उनि अक्टोबर १ मा फर्कनेछन् |