एन. आर. एन. रुसमा मधुकृष्ण ‘माधुर्य’

nrnrussiaमस्कोस्थित रसियाली जनमैत्री विश्वविद्यालयको ‘इन्टरक्लब’ को सभाकक्षमा आइतवार गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद्को छैठौं साधारण सभा सम्पन्न भयो।
साधारण सभाद्वारा साहित्यकार डा. मधुकृष्ण श्रेष्ठ ‘माधुर्य’ को अध्यक्षतामा गैरआवासीय नेपाली संघ रुसको नयाँ कार्यकारिणी समिति सर्वसम्मतिबाट निर्वाचित गरिएको छ ।
नयाँ कार्यसमितिमा गैरआवासीय नेपाली संघ रुसको नयाँ कार्यकारिणी समितिको उपाध्यक्षपदमा रंगनाथ पौडेल र डिल्ली खरेल ‘सुमन’ उपाध्यक्षपदमा, महेशकुमार खड्का (महासचिव), तेजबहादुर शाह (सचिव), सुमन रिजाल (कोषाध्यक्ष), मनमूर्ति भुर्तेल (युवाप्रतिनिधि), मीना अधिकारी (नारी प्रतिनिधि) का साथै कुलबहादुर थापा, इन्द्रप्रसाद भुसाल, धनराज मोक्तान, दीपेश दाहाल, मदन महर्जन, उत्तम लामिछाने र कमल बस्याल लगायत ७ जना सदस्य निर्वाचित भएका छन् ।
यसै गरी गोविन्दप्रसाद गौतम रुसबाट गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका लागि प्रतिनिभि–सदस्य निर्वाचित हुनुभएको छ भने डा. बद्री के.सी.ले केन्द्रीय कोषध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
सभामा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीवा लामिछानेले प्रत्येक राष्ट्रिय समन्वय परिषद् (एनसीसी) स्वायत्त संस्था भएको कुरामा जोड दिनुहुँदै हरेक दुई वर्षमा सम्पन्न गरिने निर्वाचन धेरैजसो देशमा सर्वसम्मतिबाट र कतिपय देशहरुमा प्रजातान्त्रिक तरीकाले बहुमतबाट राष्ट्रिय समन्वय परिषद् गठन गरिएको बताउनु हुँदै सबै एनसीसीहरु स्वायत्त संस्था हुनाले आइसीसीले निर्वाचनको अनुगमन गर्नुका साथै आफ्नो विधानअनुसार काम गरे नगरेको पर्यवेक्षण मात्र गर्ने कुरा स्पष्ट पार्नुभयो। आईसीसीले विधान सम्मत रुपमा अधिबेशन सम्पन्न गर्ने राष्ट्रिय समन्वय परिषदलाई मात्र मान्यता दिने तर त्यो भन्दा पर गएर हस्तक्षेप गर्न नमिल्ने कुरामा केन्द्रीय अध्यक्ष जीवा लामिछानेले विशेष जोड दिनुभयो। उहाँले आईसीसीले आफ्नो विधानको सीमाभित्र रहेर काम गरिरहेको जनाउनुहुँदै केही देशहरुमा देखिएको अहिलेको विवादलाई समाधान गर्न हर प्रयासहरु भईरहेको जानकारी गराउनुभयो।