एन. आर. एन. बेल्जियममा मनोनयन तथा सल्लाहकारहरु चयन

nrnएन आर एन बेल्जियमले आफ्नो चौथो कार्यकालको लागी रिक्त पदहरुमा विभिन्न व्यक्तिहरुलाई चयन गरेको छ ।
जसअनुसार उपाध्यक्षमा बिजय मल्ल, सचिव बिष्णु सापकोटा, सह-कोषाध्यक्षमा रेणु गुरुङ, सदस्यहरुमा क्रमश: लोकनाथ शर्मा, धिर्क बहादुर मल्ल, रबिन पण्डीत, गजेन्द्र गुरुङ र महिला सदस्यमा श्रीमती दुर्गा गुरुङ रहेका छन् ।

त्यस्तै सल्लाहकारहरुमा अर्जुन दाहाल, ईन्द्र क्षेत्री पकवान, तुल्सीनाथ सुवेदी, चेतप्रसाद भट्ट, सीता सापकोटा, बोधराज पौडेल, श्रीमती रजनी प्रधान, सहदेव गौतम, पदम गुरुङ, बिमल गिरी र पूर्ण तिमल्सेना चयन भएका छन् । गत २८ सेप्टेम्वरको पूर्ण बैठकले पदाधिकारीहरुलाई जिम्मा दिएअनुसार ०६ अक्टोवरमा बसेको बैठकले उक्त नियुक्ति गरेको हो ।

एन आर एन बेल्जियमको निर्वाचनमा एमालेसमर्थक र बेल्जियमको बि. पी. प्रतिष्ठानमा आबद्ध काँग्रेससमर्थकहरूको प्यानेल विजयी भएको थियो । निर्वाचनको लगत्तै विवादित बने पनि सोही समितिलाइ स्विकार्ने समझदारी हालै बनेको थियो ।