एन. आर. एन. बेल्जियममा जुँगाको लडाइँ

nrn election belएन. आर. एन. बेल्जियमको निर्वाचन काँग्रेससमर्थक जनसम्पर्क समितिको जुँगाको लडाइँ हुने भएको छ । जनसम्पर्क समितिको विद्रोही समूहले एमाले समर्थकसँग तालमेल गरेको छ भने जनसम्पर्क समितिका निवर्तमान अध्यक्ष गंगाधर गौतमले माओवादीसँग हात मिलाएका छन् । व्यवसायी सँघका अध्यक्ष हरिकुमार थपलिया स्वतन्त्र उमेदवारका रूपमा छन् ।

त्यस्तै, आइ सि सि सदस्यमा चार जनाको उमेदवारी परेको छ । जसमा वर्तमान आइ सि सि सदस्य पिजी शेर्पा, वर्तमान महासचिव शिवकुमार वरुवाल, रजनी प्रधान र श्रीप्रसाद सापकोटा छन् ।
जनसम्पर्क समितिको विद्रोही समूहका उमेदवार प्रेम गुरूङ्गले आइ सि सि सदस्यमा एमाले समर्थक एन. डि. एफ.का शिवकुमार वरुवालसँग प्यानल बनाएका छन् । शिवकुमार वरुवाललाइ धेरैले दरो उमेदवारका रूपमा लिन्छन् । त्यस्तै, गंगाधर गौतमले आइ सि सि सदस्यमा एमाओवादीका श्रीप्रसाद सापकोटासँग प्यानल बनाउने बताइएको छ । अहिलेसम्म जनसम्पर्क समितिमा आफ्नो पकड राख्न सफल गंगाधर गौतमलाइ एमाले बाहेकका अन्य कम्युनिष्टहरूले सहयोग गर्ने संभावना भएको बताइन्छ । आइ सि सि का अर्का उमेदवार पिजी शेर्पा पहिले समाजसेवीका रूपमा चिनिन्थे र पछिल्लो समय उनी जातीय राजनीतिमा खुम्चिएका छन् । तैपनि, उनले अध्यक्षमा कसलाइ सहयोग गर्लान् भन्ने कुराले अध्यक्षका उमेदवारलाइ बल पुग्नेछ ।

त्यस्तै उपाध्यक्षमा सुरेन्द्र कार्की, गोपाल सिम्खडा र कमल भारतीको उमेद्वारी परेको छ । महिला तर्फ शारदा अर्याल र शुष्मा भुसालको उमेद्वारी परेको छ । महासचिवमा उमेद्वारी दिनेहरुमा अनूजा प्रधान, जित लामा, माधव सापकोटा र चन्द्र व्लोन रहेका छन । त्यस्तै सचिवमा झलक व केसी, माकुना राइ किराँत र वुद्धिवहादुर वराल छन ।

३० गते अधिवेशन चल्नेछ । उमेद्वारी फिर्ता लिने मिती १ जुलाई वेलुकी ५ वजेसम्म रहेको छ ।

एन. आर. एन. बेल्जियमको निर्वाचनमा उमेदवारहरूको नामावली लिने र घोषणा गर्ने कुरामा निर्वाचन समितिले गोलमटोल काम गर्यो । अध्यक्ष पदका लागि तोकिएको अवधिभित्र हरिकुमार थपलियाको मात्र उमेदवारी परेको थियो । तर कारण नखुलाइकन म्याद थपियो र थपिएको समयमा पनि निर्वाचन समिति स्वयं राजनीतिक दाउपेचमा परेका कारण ढिलाइ भयो ।
एन. आर. एन. बेल्जियममा रहेर काम गर्नेहरूले फेरि पनि ढङ्ग पुर्याएनन् ।
निवाचन समितिका संयोजकमा एन. आर. एन. बेल्जियममा उपाध्यक्ष वोधराज पौडेल रहेका छन् ।
एन. आर. एन. बेल्जियमका सदस्यहरूमा समग्रमा जनसम्पर्क समितिको पकड भएको मानिन्छ तर यसमा रहेको फाटोले एउटै जीउ भएको दुइ टाउके जनावर बनेको छ- जनसम्पर्क ।