एन.आर.एन. बेल्जियमको चौथो निर्वाचन सम्पन्न, ८० प्रतिशत मत खस्यो

nrnएनआरएन बेल्जियमको चौथो निर्वाचन सम्पन्न भएको छ| लुभेन, आन्थर्पेन, ब्रुसेल्स र ब्रुगे गरि चार ठाउँमा मतदान गरिएको थियो, जसमा ८० प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ| जम्मा १३०९ मतदाता रहेकोमा १०५७ जनाले मात्र मतदान गरेका छन|
चार ठाउँमध्ये प्रतिशतका हिसाबले सबै भन्दा बढि  मत निर्वाचन क्षेत्र बुर्गेबाट खसेको छ| यस क्षेत्रमा रहेका १९३ मतदातामध्ये १८६ ले मतदान गरेका छन् भने अन्य क्षेत्रमा नामावली रहेका तर पायकका हिसाबले नामसारी गरेका २० मत गरी जम्मा २०६ मत खसेको छ| त्यसैगरी १५० मतदाता रहेको ब्रुसेल्सबाट ११४, ५५० मतदाता रहेको  आन्थ्रपेनबाट ४०५  र  ४११  मतदाता रहेको लुभेनबाट ३३२ मत खसेको छ|
मतदानका लागि बिहान ९ बजेबाट शुरु भै बेलुका ५ बजेसम्मको लागि समय तोकिएको भए पनि मतदाताको अबस्थालाई ध्यानमा राखेर लुभेन र आन्थ्रपेन निर्वाचन क्षेत्रमा निर्वाचन समितिले ६ बजेसम्म मतदान प्रकृया चालू गरेको  थियो|
केही व्यक्तीहरूको नाम मतदाता लिस्टमा छुटेको र दोहोरिएको भए पनि निर्वाचन प्रतिनिधिहरूको समझदारीमा समस्या समाधान गरिएको थियो ।