एन्टवर्प प्रान्तकी गभर्नर क्याथी बेक्र्सले एन्टवर्प नगरपालिकाका नवआगन्तुक विदेशीहरूमाथि लगाइएको कर खारेज गरी दिएकी छन् । बेल्जियमको दोस्रो ठूलो बन्दरगाह सहर एन्टवर्प (आन्तवरपेन) नगरपालिकामा राष्ट्रवादी पार्टी NVA ले जितेर त्यसका नेता बार्त द वेभर त्यस सहरको नगर प्रमुख भएपछि विदेशीहरूलाई मात्र चर्को शुल्क वृद्धि गरिएको थियो । त्यसअनुसार एन्टवर्प नगरपालिकामा बसोबास गर्न चाहने विदेशीहरूले नयाँ ठेगाना दर्ता गर्दा २५० युरो शुल्क तिर्नुपर्ने नियम बनाइएको थियो । नयाँ नगर प्रमुखको यस्तो नियम बेल्जियम र देशबाहिर समेत चर्चाको विषय बनेको थियो । गभर्नर क्याथी बेक्र्सले बेल्जियम र यूरोपेली कानूनमा आधारित रहेर निर्णय लिएको बताएकी छन् ।
नयाँ शुल्क लगाउने जिम्मेवार नगर सदस्य NVA की लिजबेथ होमन्सले सो निर्णयप्रति खेद ब्यक्त गर्दै “गभर्नरको निर्णयले नवआगन्तुकहरूलाई दिइने सेवामा कटौती गर्नुपर्ने बाध्यता बनेको” प्रतिकृया दिएकी छन् ।
बेल्जियममा संख्यात्मक रूपमा सबैभन्दा ज्यादा नेपालीहरूको बस्ति भएको सहर हो एन्टवर्प ।