एनआरएन बेल्जियम क्षेत्रीय समिति लुभेनले विश्व साईकल यात्री एल.बि कार्कीलाई सम्मान गरेको छ|विश्व साईकल यात्राको क्रमममा बेल्जियम आएका कार्कीलाई शनिवार लुभेनमा सम्मान गरीएको थियो|उनि यात्राको क्रममा मंगलवार बेल्जियम आएका थिए|बेल्जियम १०२ औ भ्रमण राष्ट्र हो|
कार्यक्रममा एनआरएन बेल्जियमका महासचिब माधब सापकोटा तथा लुभेन क्षेत्रीय अध्यक्ष धिरज न्यौपानेले सम्मान गर्दै शुभकामना दिएका थिए|उक्त भेटघाट तथा सम्मान कार्यक्रममा सहभागी अन्य नेपालीहरुले समेत यात्राको सफलताको शुभकामान दिदै आर्थिक सहयोग समेत गरेका थिए|
कार्कीले विभिन्न देशहरुको भ्रमण गर्दै बुद्वको जन्मस्थल नेपाल हो,विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भन्ने सन्देश बाड्दै आईरहेका छन्|