एनआरएन बेल्जियमको चौथो अधिवेशन

एनआरएन बेल्जियमको चौथो अधिवेशन आईतवार सम्पन्न भएको छ | अभिब्यक्तिका कारण बारम्बार बिबादित देखिने एनआरएन बेल्जियमको यस पालीको अधिबेशनमा भने प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गर्दा सन्तुलन र पारदर्शीता देखाउने प्रयास गरिएको थियो |दुई बर्षको कार्यकालमा केहि सराहनीय कार्य गरेको छ भने आपत्कालीन अबस्थामा नेपालमा सहयोग र लगानी भित्राउने बिषयमा पनि अग्रसरता देखाउनुको साथै भाषा संस्कृति संरक्षणको क्षेत्रमा कार्य गर्दै आईरहेका ब्याक्तित्वहरूलाई सम्मान गर्दै यस क्षेत्रमा लाग्न प्रेरित समेत गरेको छ|आफ्ना कमीकमजोरीलाई स्वीकार गर्दै नेपाल हाउसको योजना आउँदो नेतृत्वले नै अगाडी बढाउने आशा राख्दै ईपरमा गोर्खालीको सम्मानमा स्मारक स्थापना गर्ने दूतावासको योजनालाई सहयोग गर्ने प्रतिवद्वता समेत जाहेर गरेको छ|
335एनआरएन बेल्जियमले केही राम्रा काम गरेको उल्लेख गरेको छ । जसमा, विश्वयुद्धका क्रममा ईपरमा शाहदात प्राप्त गरेका गोर्खालीको राष्ट्रियता भारतीय लेखिएकोमा नेपाली दुतावाससंग सहकार्य गरी राष्ट्रियता सच्याईएको छ । त्यस्तै, बेल्जियमको गेन्टमा यहि सेप्टेम्बरमा हुने आसेन्ता फ्लान्दरन ट्रेड फेयरमा नेपालले “कन्ट्री अफ अनर” को अवसर प्रदान गर्न दूतावाससँग सहकार्य रहेको छ । नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको सुन्दरताको प्रचारप्रसार गर्न पर्यटकीय गन्तव्यको लागि फ्लान्दरन क्षेत्रको सरकारी टिभीलाई वृतचित्र निर्माणको लागि नेपाल पठाइएको थियो ।
491अधिवेशनमा सामाजिक सेवाका ब्यक्तित्व सहदेब गौतम, पदम गुरुङ, सोफिया महर्जन, किसन के.सी, महेश थापा र श्री बास्ताकोटीलाई सम्मान गरिएको थियो | महासचिब शिवकुमार बरुवालको प्रगति र सदस्य शालिकराम गौतमद्वारा प्रस्तुत आर्थिक प्रतिबेदनलाई अनुमोदन गरियो| अधिबेशनको समाप्तिसँगै रबिन्द्रमान श्रेष्ठ, अर्जुनकुमार श्रेष्ठ, पुष्पराज अधिकारी, चित्र सुबेदी, सीता सापकोटा, युबराज गुरुङ र सोनाम शेर्पा सहितको अध्यक्ष मण्डलको निर्माण गरियो |
अध्यक्ष जानकी गुरुंगको अध्यक्षता र राजदूत राममणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेशनमा एनआरएन केन्द्रीय महासचिब तेन्जिंग शेर्पा र युरोप संयोजक कुमार पन्तको समेत उपस्थिती रहेको थियो|
अधिवेशनमा सदस्यहरूको उपस्थिति भने अत्यन्त न्यून रहेको थियो ।
– नरेश कार्की