एनआरएन बेल्जियमको निर्वाचनमा अध्यक्षमा प्रेम गुरूङ र आइसिसितर्फ शिवकुमार वरुवाल निर्वाचित भएका छन् । तर मत गणना विवादित बन्यो । पराजित पक्षले धाँधलीको आरोप लगाएको छ । पराजित पक्षले मत गणनाको अन्ततिर वहिस्कार गरेका थिए ।
मत गणनाबाट प्राप्त नतिजा यसअनुसार रहेको छ –
आइ सिसि तर्फ पिजी शेर्पा ३९६- शिव कुमार वरुवाल ५९९ विजयी,
अध्यक्ष तर्फ गंगाधर गौतम ४३८- प्रेम गुरुङ्ग ५६० विजयी,
उपाध्यक्ष तर्फ कमल भारती ३९५- गोपाल सापकोटा ५४३ विजयी,
उपाध्यक्ष महिला शारदा अर्याल ५१७ विजयी- शुस्मा भुषाल ४२४,
महासचिवमा जित वहादुर लामा ३९९- माधव सापकोटा ५८० विजयी,
सचिवमा वुद्धी वराल ५३८ विजयी- माकुना र्राई ४१८,
कोषाध्यक्ष तर्फ नरहरी सापकोटा ५२० विजयी- शुभाष गुरुङ्ग ३८३,
त्यसैगरी सदस्यहरूमा कुमार जोशी (५४९ मत), सागर श्रेष्ठ (५०१), नारायण सिलवाल(४३६), परमानन्द सापकोटा (५८८),बैकुण्ठ पहारी (३९८) र सुवीर सिग्देल (६०१ मत) ले जीतेका छन् ।
यसअघि, पश्चिम भ्लान्दरनबाट तेजराज कँडेल, ब्रुजबाट नारायण सापकोटा, आन्तवर्पेनबाट तुङ्गा निरोला, गेन्टबाट बाबुराज शर्मा, महिला प्रतिनिधिमा सूर्यदेवी श्रेष्ठ, कला लिम्बू र एलिना रसाइली, महिला संयोजकमा यशोधा थापा र युवा संयोजकमा केदार जोशी निर्विरोध निर्वाचित भैसकेका छन् ।
निर्वाचनमा १४३५ मतदाता रहेकोमा १०८४ मत खसेको थियो, जसमा १०७४ मत सदर भएको निर्वाचन समितिले जनाएको छ । मत गणना क्रममा लुभेन क्षेत्रबाट केही मत बढी फेला परेको आरोपमा गंगाधर पक्षले मतगणना बहिस्कार गरेको थियो ।
हालै सम्पन्न जनसम्पर्क समितिको निर्वाचनको तुष यस पटकको एनआरएन बेल्जियमको निर्वाचनमा देखियो । खासमा, अध्यक्षका दुइ उमेदवार त्यसैको प्रतिशोधको भावनाले ग्रस्त भएको आम-चर्चा गरिएको थियो । त्यहीअनुसार प्यानल बन्यो । स्मरणिय छ, जनसम्पर्क समितिको मत गणना क्रममा पराजित पक्षले मत गन्ने क्रममा नै अनियमिताको आरोप लगाएर बहिस्कार गरेका थिए । एनआरएनको निर्वाचनमा त्यही प्रवृत्ति दोहोरिएको छ । पराजित पक्षले मतगणना क्रममै गडबड भएको आरोप लगाउँदै बहिस्कार गरे र निर्णयलाइ नमान्ने बताएका छन् ।
बारम्बार भइरहने यस्ता घटनाले को ठीक र को बेठीकभन्दा पनि बेल्जियममा नेतागिरी गर्नेहरूको तुच्छ प्रवृत्तिप्रति यहाँको नेपाली समुदाय आजित बनेको छ ।