एक महिनामा बेल्जियमबाट ४४७ विदेशी डिपोर्ट

फोटो- DH

गत एक महिनामा मात्र बेल्जियमले ४४७ विदेशीलार्इ डिपोर्ट गरेको छ । त्यसमध्ये एक हिस्सा आपराधिक गतिविधिमा जेलमा रहेका हुन् भने बाँकी नामंजुर गरिएका शरणार्थी स्टाटसका आवेदक हुन् ।

सिरिया संकटपछि सन् २०१५ मा ५० हजारले बेल्जियममा शरणार्थी हुन आवेदन दिएका थिए । त्यसमध्ये आधालार्इ स्वीकार गरिएको र बाँकीलार्इ क्रमिक रूपमा डिपोर्ट गरिने यहाँका अध्यागमन मन्त्री थियो फ्रांकेनले बताएका छन् ।