एकै दिनमा १४० साइकलयात्रीले पाए जरिवाना

cycle leuvenशुक्रबार एकै दिनमा लुभेनमा १४० साइकलयात्रीहरूले जरिवाना पाए । गलत साइडमा साइकल चलाउने, रेड लाइटको वास्ता नगर्ने र पैदलयात्रीको बाटोमा पनि साइकल कुदाउने जस्ता ट्राफिक उल्लघंन गर्नेहरूलाइ जरिवाना गरिएको प्रहरीले बताएको छ ।
सेप्टेम्बरबाट कलेज शुरू हुने भएकोले थुप्रै नयाँ मान्छेहरू सहरमा आउँछन् । साइकल लोकप्रीय रहेको लुभेनमा साइकल जसरी चलाए पनि हुन्छ भन्ने मानसिकतालाइ हटाउन ब्यापक कन्ट्रोल गरिएको प्रहरीले बताएको छ ।
विद्यार्थीहरूको सहर लुभेनमा प्रवासी नेपालीहरूको बस्ती पनि बाक्लै छ ।