उनको अन्तरवार्ता (कथा)

mahendra paudelप्रायः सधैं उसैले नै मेसेज गथ्र्यो, अन्तरवार्ता लिन कहिले आऊँ भनेर? तर उनीबाट कहिल्यै स्वीकारोक्ति जवाफ आएन । बरु अरु नै बहानामा अन्य-अन्य मेसेज पठाएर उसको अर्थात अमितको समय मात्र बर्बाद गर्थिन, सँगसगैं आफ्नो पनि समय बर्बाद गर्दथिन् । अमितलाई लाग्थ्यो, एउटा अत्यन्तै प्रतिभाशाली, कला क्षमता भएकी, शारिरीक वनावटले अति आकर्षक ती युवतीको अन्तरवार्ता कभरेज गरेर पत्रिका र अनलाईनमा राख्न पाएँ भने हेर्नेको पनि भीड, पढ्नेको भीड र किन्नेको पनि भीड हुन्थ्यो होला !
किनकी अहिलेकी चर्चित मोडेल तथा ब्यस्त अभिनेत्री फेरी अस्ति भर्खरै न हो उनको तस्बिर एउटा साप्ताहिक पत्रिकाले ब्लोअपमा छापेको थियो । सेतो सर्टमा हाफ पाइन्ट, कपाल सर्लक्क पछाडि फर्काएकी, छातीमा उठेका दुई गुच्चाहरुले तस्बिरलाई अति रोमान्चक बनाएको थियो । पातलो र सेतो कपडामा झरनाको पानीमा भिजेकी उनी, साँच्चै, एकपल जसले पनि महशुस गर्नपुग्थ्यो, कल्पनामा ।  तस्बिरमा देखिएअनुसार उनका कपडा टपक्क शरीरमा टाँस्सीएका थिए । फोटोग्राफरलाई त्यो क्षणको कैदगर्दा सत्प्रतिसत ध्यान क्यामरामै छैन होला भन्ने कुरा अमितले मनमनै खेलायो ।
उसले त्यो साप्ताहिकको यो ब्लअपलाई ओल्टाइ पल्टाई हेर्यो । एकछिन उनले लगाएको कपडा र फोटोग्राफरलाई दिएको पोजको बनाबटलाई एकोहोरो हेरेपछि उसका नजर ब्लोअपको छेउमा लेखिएका सानो अंशमा पुर्यायो । छाती, उचाई, तौल, जाँघ, वर्ण इत्यादी बयान गरेर लेखिएकोमा उसले मनमनै सोच्यो, अहो ! यो कस्तो तस्बिर? यो कस्तो वर्णन? यो त भएन, यो त अश्लिल नै भयो । तर जमाना इन्टरनेटको, नेटमा झुम्ने यूवा पुस्ताका ? दर्शकको ? ठूला र नाम चलेको साहित्यकार, फोटोग्राफर, पत्रकार ? कसको ? के ठूला भनाउँदाहरुले खिचेका, लेखेका अश्लिल पनि शील हुने ? सानाले लेखेका, खिचेका अश्लिल सधैं अश्लिल मात्र रहने, क्या जमाना छ ? त्यो तस्बिरमा प्रतिभाको कदर छैन, अनुभवको बयान छैन, योग्यताको वर्णन छैन, क्षमताको ब्याख्या छैन, फेरि के कारणले अटाइरहिन पत्रिकाको फूल पेजमा? के उनको योग्यता तिनै शरीरका अंग अंगहरु मात्र हुन ? उसलाई रिस उठ्यो, मनमनै उसले गर्न पो के सक्थ्योर ? हदैसके उसले आफ्ना राम्रा राम्रा शब्दहरु चयन गरेर एउटा राम्रो पत्रिकाको पाना भर्ने काम न हो ।
फेरी आजकलको जमाना सबै डिजिटल भइसके । कागजका पाना पढेर बस्ने, पढ्ने समय पनि आधुनिक मानवलाई कहाँ छ र ? तैपनि अमित एउटा नाम चलेको पत्रकार हो जो ठूलो मिडिया कर्पोरेटमा काम गर्दछ । उसकोमा अन्तरवार्ता लिनको लागि दर्जनौ कलाकर्मी, सिनेकर्मी, नेता, अभिनेता, अभिनेत्री, नायक, नायिका मात्र नभएर मोडलिङ्ग क्षेत्रका मोडलहरुले समेत अनुनय विनय गर्ने गर्दछन् । तर उसले जसको अन्तरवार्ता लिएर पाना भर्न चाहन्थ्यो उनी भने अन्तरवार्ता दिन कहिल्यै आउँदै आउँदिनन् ।
एकदिन राती पत्रिकाको पेजको फाइनल सकेर ऊ सरासर बाइकमा बागवजारको एउटा भट्टीमा छिर्यो । एक क्वाटर रोयल स्टेग, अलिकति भुटन र भटमास अर्डर गर्यो । रात छिप्पिदै थियो उसमा नशाको मात चढ्दै थियो ।  अचानक उसको मोवाइलमा मेसेजको सिग्नल आयो । उसले सोच्यो सायद सम्पादकले किन बोलाए होलान? ‘म निक्ले’ भनेर निस्केकै हो, बुढाले के खोजे फेरी? ठसठसाउँदै उसले आफ्नो आइफोनमा पासवर्ड खोल्यो  र मोइवाल हेर्यो । मेसेजमा लेखिएको थिर्यो,  ‘सधैं–सधैं अन्तरवार्ता भन्थ्यौं भोली ३ बजे आऊ घरमा म ५ बजे सिंगापुर जाँदैछु कार्यक्रमका लागि’ रुबिना ।
अमितलाई विश्वासै लागेन फेरी दोहोर्याएर पढ्यो र मेसेज फर्कायो- ‘आर यु स्योर’ । उताबाट फेरि मेसेज आयो ‘अफ कर्स आइ एम वेटिङ्ग यू’ । उसले भोलीका लागि एउटा मसला भेट्यो पत्रिकाको पानाका निम्ति  अलिकति मन्द मुस्कानमा उसले फेरि अर्डर गर्यो ‘साहुनी एक क्वाटर रोयल स्टेग’ ।
रातपूर्ण छिप्पिइसकेको थियो, साहुनीलाई गुडनाईट भन्दै उसले बाइक स्टार्ट गरेर सिधै घर हान्नियो । आफ्नो कपडा फेर्यो, ल्यापटप ‘अन’ गरेर भोलीको कामको समय तालिका भर्यो र केही विशेष प्रश्नहरु तयार गरी बेडमा एक तमन्ना लिएर डङ्गलङ्ग लड्यो भोलीका लागि प्रतिक्षा गर्दै । अरु दिनभन्दा आज उसलाई निन्द्राले चाँडै छोड्यो, किन किन आज ऊ अलि फ्रेस देखियो सायद निन्द्रा भरपूर पुगेर होला । बाथरुममा गएर फ्रेस भयो, विहानीको समय चिया, समाचार र पत्रपत्रिका पढेर सकेपछि ऊ कार्यालयतिर हानियो, उसलाई लाग्यो कतिखेर तीन बज्ला र जाऊँला रुबिनाकोमा ।
आफ्नो क्यामरा, रेडर्कर, नोट वुक र पाइलटपेन तयार पार्यो । स्पेलेण्डर ब्ल्याकरंगको बाइकलाई पुछपाछ गरी पेट्रोल भर्यो । हातको घडी हेर्यो, पौने ३ बजीसकेछ । उसले बाइक स्टार्ट गर्दै हुँइकियो कलंकीतिर । रुबिना उसलाई नै कुरेर बसीरहेकी थिई । सधैंजसो ड्रेस्डअपमा र मेकअपमा बाहिर देखिने रुबिना यसपटक भने पुरै  सिम्पल गाउनमा घरभित्र देखा परिन । घाँटी र कपाल खुला थियो । छातीको बिच भाग सुरुङ्गमार्ग जस्ता नापेर बनाइएका जस्ता देखिन्थे । गाउनभित्रको दुई चुचुराहरुको एकआपसमा हलचल गरीरहेका स्पष्ट देखिन्थे । अमितले मनमनै सोच्यो– ‘आज उनी किन यो ड्रेसमा छिन्’? यस्तो ड्रेसमा कसरी उनको फोटो ‘सुट’ गर्नेहोला ?
रुबिनाले मौनतालाई तोड्दै समय अत्यन्तै कम रहेको र छिटो अन्तरवार्ता गर्न आग्रह गर्दै नजिकैको सोफामा बस्न अनुरोध गरिन । आज्ञाकारी झैं ऊ त्यसै गर्यो र  कोठाको आधाजसो भाग ओगटेको ठूलो सोफामा अमितले बस्दै सोच्यो– यत्रो ठूलो फ्ल्याटमा एक्लै बस्ने रहिछिन् उसले मनमनै कुरा खेलायो । मौनतालाई चिर्दै उनले भनिन् ‘अमित चिसो तातो केही लिने कि? ‘नो, थ्यांङ्कस्’ उसले जवाफ फर्काएर नजिकैको हेङ्गगरमा आफ्नो ज्याकेट झुण्डायो । उसैको आडमा रुबिना बस्दै भनिन् धेरै कुराएँ है मैले ? ‘वास्तवमा तपाईले धेरै पहिलेदेखि मेरो अन्तरवार्ताको लागि अनुरोध गर्नुभएको थियो’ । मैले कुनै विशेष परिस्थितिमा दिउँला भनेको थिएँ । आज मेरो जन्मदिन म सिङ्गापुरमा मनाउन जाँदैछु । लण्डनबाट मेरा बुबा, ममी र केही साथीहरु आउँदैहुनुहुन्छ । अमितले ‘एए’ भन्दै हल्का टाउको हल्लायो ।
‘आजभोली त तिमी खुबै दाह्रिवाला भएछौं नी’, रुबिनाले आडैबाट आफ्नो हात अमितको चिउँडोमा पुर्याई । बातावरणलाई सहज बनाउँदै उसले भन्यो– ‘समय कहाँ नै छर’ चुनावमा ब्यस्त छु, भन्दै गर्दा रुबिना ऊसँग टास्सिन आइपुगीसकेकी थिई । म्यूजिकको सानो धुन बजीरहेको कोठाभित्र नारी समर्पणको उन्मुक्त उन्मादमा आएको एउटा बासना उसको नाकैनेर ठोक्कियो ।
प्रकृतिले हालीदिएको एउटा यन्त्र ढकढकाउँदै कुद्न थाल्यो लामो श्वासमा, मृतलास फेरि नवसंजिबनी बुटीपाएझैं जराजुरुक्कै उठे । पुरुष मन कहाँ मान्थ्यो र ? अंगमाथी अरुले गिज्याएपछि ? कल्पनामा रंगिन सोचहरु आउन थाले । आखिर एउटा पुरुष न हो मन त बिचरण गरी हाल्छ । फेरि उनले खोजेको पनि त त्यही हुन सक्छ, उसले मनमनै कुरा खेलायो ।
उसले धेरैको अन्तरवार्ता लियो तर यस्तो पलको महसुश उसले कहिल्यै गरेको थिएन । एकछिन सन्नाटा छायो । रुबिनाका हात उसका हातमा हल्का स्पर्श भए ।  रुबिनाले उसको मुटुको ढुकढुकी चालपाई र सहज बनाउदै उसलाई अँगालो मारी । एकछिन दुवैजना मौन भए । बाहिरी वातावरण निस्तब्ध बन्यो । कोठामा झुण्डिएका अरु तस्बिरहरुले आँखा चिम्ले । धैर्यताको बाँध टुट्यो । हिउँदमा हिऊ पग्लेझैं पग्लीए दुवैजना सँगसँगै अतृप्तभित्र तृप्त भए ।
वातावरणले अर्कै मोडलियो । रुबिनाले आफ्ना बस्त्रहरु मिलाउँदै भित्ताको घडीतिर आँखा दौडाइन् करिव सवा ४ बजीसकेछ । अव म एयरपोर्ट जानुपर्दछ अमित, उनले आफ्नै घर अमितसँग बिदा माग्ने प्रयत्न गरिन् । अमितले झुण्डाइरहेको आफ्नो ज्याकेटबाट क्यामेरा र रेकर्डर निकाल्दै भन्यो ‘अनि अब सुरु गरौंन त अन्तरवार्ता’?  उनी फिस्स हाँस्दै भनिन् ‘मैले दिइसके नी त अन्तरवार्ता’ मैले जे दिनु थियो दिएँ खुशीसाथ, त्यो तिमीले लिई सक्यौ ।  म पनि खुशी आज तिमीबाट र  तिमी पनि खुशी छौं  । मैले दिएको अन्तरवार्ता भोली पत्रिकामा कभरेज भएर चाखलाग्दो हुनुपर्यो, बस म अरु जान्दिन  ।
उनी वाथरुमतिर पसिन् । टी टेबलभित्र खाली पेपर थियो ज्याकेटबाट पाइलट पेन निकाल्दै उसले लेख्यो ‘ह्याप्पी वर्थ डे, रुबिना ह्याभ नाइस जर्नि । भित्ताका तस्बिहरुले आँखा खोले, मौनता भंग भयो । उसले ज्याकेट भिर्दै बाइक स्टार्ट गर्यो आफ्नै पत्रिका कार्यालयतिर ।
– महेन्द्र पौडेल