ईन्द्रधनुष क्लव बेल्जियमले तीज कार्यक्रम गर्ने

प्रवासको भूमिमा रहेर पनि आफ्नो कला, संस्कृतिको जगेर्ना संगै बिबिध नेपाली साँस्कृतिक कार्यक्रमहरु गर्दै आएको ईन्द्रधनुष क्लव बेल्जियमले बिगतका वर्षहरु जस्तै यस वर्ष पनि नेपाली महिला दिदी-बहिनीहरुको महान पर्व हरीतालिका तीज कार्यक्रम बेल्जियममा भब्यरुपमा मनाउने भएको छ ।
कार्यक्रम यहि आउदो ८ सेप्टेम्वर २०१३ आईतवार लुभेनको केसेल-लो को (महायज्ञ भएको) हलमा एक भब्य कार्यक्रमका बिच गरिन लागेको कुरा क्लवका अध्यक्ष श्री सूर्य ढकालले बताउनु भयो । विदेशी भूमीमा रहँदै गर्दा पनि नेपाली दिदीबहिनीलाई आफ्नै माईतीको अनुभव गराउँदै आएको क्लवले यस बर्षको तीज कार्यक्रमलाई बिगतको भन्दा बढी महिला दिदि बहिनीहरुको उपस्थिति तथा अझ व्यवस्थित, सभ्य र भब्य रुपमा सम्पन्न गर्नको निमित्त क्लवका उपाध्यक्ष श्रीमती यसोदा थापाको संयोजकत्वमा क्लव कै सदस्यद्वय श्रीमती पुनम शर्मा र शान्ती भट्टराई सहितको एक तयारी समिति गठन गरेको छ । कार्यक्रमलाई ब्यवस्थित बनाउनका लागी बिबिध साँस्कृतिक कार्यक्रम सहित महिला दिदी-बहिनीको नाचगान, खानपिन लगायत बिबिध मनोरन्जनात्मक कार्यक्रम समेत गरिने जानकारी गराईएको छ ।
– बिष्णु सापकोटा, लुभेन
Teej Leuven