ईन्द्रधनुष क्लवमा नयाँ नेतृत्व

IMG_0229गत २८ अप्रिल २०१३ का दिन बेल्जियमको लुभेन शहरमा ईन्द्रधनुष क्लव बेल्जियमको सातौ अधिवेशनले सूर्यप्रसाद ढकालको अध्यक्षतामा १७ सदस्यीय कार्य समितिको चयन गर्दै भब्य रुपमा सम्पन्न भएको छ ।
अधिवेशनले नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा श्रीमति यसोदा थापा, उपाध्यक्ष राजन शिवाकोटी, सचिव बिष्णु सापकोटा, सह-सचिव अमर गुरुङ, कोषाध्यक्ष आस्था हमाल, सह-कोषाध्यक्ष ओमप्रकाश गुरुङ, सदस्यहरुमा गोपाल सिम्खडा, पुनम शर्मा, शान्ती भट्टराई, नरहरी सापकोटा, भरत श्रेष्ठ, जुमकाजी गुरुङ, राजु थापा, धने कान्छा रहेका छन् भने संरक्षकमा मिन गुरुङ र श्रीमती अनन्त गुरुङ लाई नियुक्त गरेको छ ।
अधिवेशनको पहिलो सत्रमा अध्यक्षताको आसनबाट बोल्दै क्लवका अध्यक्ष श्रीमती अनन्त गुरुङ ले क्लवले बिगतमा विभिन्न साँस्कृतिक तथा खेलकुद सम्वन्धि विभिन्न कार्यक्रमहरु गरेको र बेल्जियम नेपाली समाजमा पुरानो सँस्थाको रुपमा स्थापना भएको समेत जानकारी गराउनुको साथै क्लवको बारेमा अन्य चर्चा समेत गर्नु भएको थियो । कार्य क्रमका प्रमुख अतिथिको रुमा रहनु भएकी एन आर एन बेल्जियमकी अध्यक्ष जानकी गुरुङ ले बेल्जियममा नेपाली हरुका लागी क्लवले स्थापना कालदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको र एन आर एन संगको सहकार्यमा पनि सहयोग पुर्र्यौदै आएको कुरामा प्रशंसा गर्नु भयो । कार्यक्रमका अर्का बक्ताको रुपमा बिपी प्रतिष्ठान बेल्जियमकी सचिव सीता सापकोटाले ईन्द्रधनुष क्लवले आफ्नो स्थापना काल देखिने गर्दै आएको नेपाली नारीहरुको महान पर्व तीज कार्यक्रम अन्तर्गत क्लवले आयोजना गरेको पहिलो तीज कार्यक्रम को संयोजक समेत आफु रहेको स्मरण गराउदै प्रवासको भूमीमा रहेर पनि आफ्नो भाषा सास्कृतिको बारेमा क्लवले गरेको कार्यप्रति सराहना गर्नु भयो । यसै गरी वक्ताको रुपमा जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एन डी एफ महासचिव गोपाल सिम्खडा, राप्रपा बेल्जियमका भूपू अध्यक्ष गोपाल थापा, जनजाती महासंघ बेल्जियमका अध्यक्ष पी जी शेर्पा, एन आर एन बेल्जियमका उपाध्यक्ष बोधराज पौडेल, क्लवका सस्थापक अध्यक्ष मिन गुरुङ, पुर्व महासचिव भोज जी सी र क्लवका सल्लाहकार माधव सापकोटाले आ-आफ्नो मन्तब्य राखेका थिए भने अन्य अतिथिको रुपमा नेपाल पत्रकार महासंघका यूरोप शाखाका सदस्य दीपकज्योति पौडेल, एन आर एन स्पेनका महासचिव बिष्णु रिजाल, साँग्रिला समाजका परमान्द सापकोटा, यूरोकलाकार संघका अध्यक्ष पदम गुरुङ, शेर्पा समाजका अध्यक्ष सोनाम शेर्पा, चितवन सहायता कोष बेल्जियमका अध्यक्ष श्रीमती पार्वती अधिकारी, थकाली समाज बेल्जियमका प्रवीन गौचन को समेत उपस्थिति रहेको थियो । कार्यक्रमा क्लवको तर्फ बाट क्लवका उपाध्यक्ष श्रीमती यसोदा थापाले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्य क्रमको पहिलो सत्र क्लवका उपाध्यक्ष सूर्य ढकालले संचालन गर्नु भएको थियो ।
कार्यक्रमको खुल्ला सत्र समाप्ति पश्चात लगत्तै बन्द सत्रमा प्रवेश गरि क्लवले गरेका प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन क्रमश बिष्णु सापकोटा र राजन शिवाकोटीले प्रस्तुत गरेका थिए भने तत्कालिन कार्यसमिति लाई बिघटन पश्चात नयाँ अध्यक्ष मण्डलले सर्व संवत रुपमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो ।
-बिष्णु सापकोटा