विगत केहि दिनदेखि चितवनको माडीको गर्दी र बघौडाका क्षेत्रहरुमा आतंक मच्चाईरहेको बाघलाइ ५ हात्तिहरूसहितको टोलीले नियन्त्रणमा ल्याएको छ।
सितलपुर र त्यस आसपासका क्षेत्रहरुमा लगातार पशुचौपाया मार्ने तथा स्थानियलाई त्रसित बनाउन थालेपछि स्थानिय र मध्यवर्तिको पहलमा बाघ नियन्त्रणमा लिन निकुञ्जलाई दवाव दिईएको थियो। चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण टोलीमा विशेषज्ञ, चिकित्सक तथा संरक्षणकर्मीहरु गरि २८ जना रहेका थिए।
आइतवार दिउंसो २ बजेतिर बाघलाई डाट गरि निकुञ्जको केन्द्र कसरा लगिएको छ। बाघ नियन्त्रणका लागी निकुञ्जबाट ५ वटा हात्ती परिचालन गरिएको थियो। केहि दिन यता सो बाघले त्यस क्षेत्रमा ३ पशुचौपाया मार्नुका साथै २ लाई घाईते बनाएको थियो। यसअघि माडीकै अयोध्यापुरी क्षेत्रमा पनि बाघले दर्जनभन्दा बढी पशुचौपाया मारेको थियो।