आज रक्षा बन्धन

२५ श्रावण, आज रक्षा बन्धन/जनै पूर्णिमा  तथा ऋषितर्पणी पर्व मनाईदै छ| हरेक वर्षश्रावण शुल्क पूणिर्माको दिन ऋषि तर्पणी वा  जनै पूणिर्मालाई विशेष पर्वको janai-purnimaरुपमा मनाउने गरिन्छ । रक्षा बन्धनलाई सामाजिक वा पारिवारिक एकताको सांस्कृतिक पर्वको रुपमा लिइन्छ|रक्षा बन्धनमा रक्षा सुत्र महत्वपूर्ण मानिन्छ| आत्माको शुद्धीकरण र शरीरको रक्षाको लागि भन्दै यस दिनमा ब्राह्मणहरुले अरुलाई मन्तर जपेको डोरो हातमा बाध्नुको साथै ब्रतबन्ध/वर्नमन गरेका छोराहरुले जनै फेर्ने गरीन्छ | नयाँ जनै लगाउने तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धती सहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ |उक्त दिन तागाधारीहरुले नदी या जलाशयमा गएर स्नान, महासंकल्प,गोबर, माटो, विभूत, पञ्चगव्यले स्नान, कुश, दुबो अपामार्गले शेचन गरेर वर्षदिनसम्म भएका ज्ञातअज्ञात अनुचित कार्यलाई धोई पखाली आउ“दा दिनमाउचित कार्य गर्ने प्रतिवद्धता नवीकरण गर्ने गरिन्छ ।

रक्षा बन्धन बाध्ने समय कर्मकाण्ड पण्डित वा आचार्यबाट संस्कृतिकको श्लोक“येन बद्धो बली राजा, दानवेन्द्रो महाबलः।तेन त्वां प्रतिबध्नामि, रक्षे! मा चल! मां चल!!” उच्चारण गर्ने गरीन्छ जुन राजा बलि सग सम्वन्धित छ|जुन रक्षा बन्धनबाट महान शक्तिशाली दानवेन्द्र राजा बलिलाई बाधीएको थियो उही रक्षा बन्धन तिमिलाई बाधेको छु|तिमि आफ्नो संकल्पबाट कहिलै पनि बिचलित नहुनु भन्ने अर्थका साथ बाध्ने गरीन्छ |

नेपालको पहाडी क्षेत्रमा गुरु वा मान्यजनबाट रक्षा बन्धन बाधिन्छ भने तराईमा यो दिन दिदीबहिनीहरुले आफ्ना दाज्यूभाईलाई हातमा ‘राखी’ बाँधीदिने चलन छ|रंगी बिरंगी धागोले भाई बहिनीहरुमा माया ममता प्रगाढ बनाउने मान्यता रहेको छ|भाई बहिनी बीच सुख दुखमा साथ दिनेको साथै पवित्र सम्वन्धको आदार र सम्मान दिने गरीन्छ|

नेवारहरु यसलाई गुंपुन्ही भन्दछन | काठमाडौं उपत्यकाका नेवार समुदायले यो दिनलाई क्याटी पूर्णिमाका रुपमा मनाउने गर्छन् । ललितपुरको बुंगमतिको मच्छिन्द्र बहालबाट दिप प्रज्वलन (मतया) गरि बुंगमति नगर परिक्रम गरिन्छ । यो दिन घण्टाकर्ण राक्षसलाई मारेको दिन भएकोले भ्याकुतालाई भात खुवाउने चलन पनि रहेको छ |यसै दिन नौ थरीका गेडागुडी मिलाई तातो झोल(क्वाँटी)खाने चलन पनि नेपाली समाजमा पाईन्छ | यस दिन पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाईंकुण्ड, जनकपुरको गंगा धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड लगायतका महादेवस्थान र त्रिवेणीधामहरुमा बिहानैदेखि मेला लाग्ने गर्दछ|

भारतमा पनि यसलाई धुमधामका साथ मनाउने गरीन्छ |यो पर्व भारतको राष्ट्रपति तथा प्रधानमन्त्री कार्यालयमा समेत मनाउने गरीन्छ| भारतमा गुरुले  शिष्यलाइ र शिष्यले गुरुलाई बाध्ने चलन समेत रहेको छ|यसै परम्परा अनुसार आज पनि कयौ धार्मिक विधि विधानअनुसार पूर्व पुरोहित यजमानको र यजमान पुरोहितलाई रक्षा बन्धन बाध्ने चलन समेत रहेको छ|

पौराणिक महत्व

रक्षा बन्धन कहिलेबाट शुरु भयो भन्ने यकिन नभए पनि भविष्य पुराण अनुसार देवता र दानब बीच भएको लडाईमा जब दानबहरु बलिया हुदै गए तब स्वर्गका राजा ईन्द्र महर्षि बृहस्पतिको साथ गए|उनले सबै वृतान्त सुनाए|माचल।।’ईन्द्रकी पन्ती इंद्राणी सबै वृतान्त सुने पछी रेशमको धागोलाई मन्त्रको शक्तिले पवित्र बनाई ईन्द्रको हातमा बाधीदिईन |यो दिन श्रावण पूर्णिमाको दिन थियो|जब ईन्द्रले युद्व जिते मानिसहरुले यहि धागोको मन्त्र शक्तिबाट विजय भएको स्वरूप यहि धागो बाध्ने चलन चल्दै गयो| यस धागोले मानवमा धन,हर्ष र बिजय प्रदान गर्छ भन्ने बिस्वास रहिआएको छ|

स्कन्ध पुराण, पद्मपुराण तथा श्रीमद्भागवतमा रहेको वामनावतार नामक कथा पनि रक्षाबन्धनको प्रसंग भेटिन्छ|जस अनुसार दानवेन्द्र राजा बलिले जब १००  यज्ञ पूर्णगरी स्वर्गको राज्य छिन्ने प्रण गरे|त्यस पछी ईन्द्र तथा देवताहरुले भगवान बिष्णुको प्राथना गरे |तब भगवान बिष्णु वामन अवतारको रुपमा  ब्राह्मणको भेष धारण गरी बलि राजासग भिक्षा माग्न जानु भो|भिक्षा स्वरूप उहाले तिन पाउ पटक पाउ राख्ने जमिन माग्नु भो|दानाबिरको नामले घमण्डी बलिले ब्राम्हण सम्झी विष्णुलाई मागे बमोजिम भिक्षा दिए(रक्षा सूत्रको प्रभावले बामन आफ्नो सर्वस्व दान गर्ने समय कत्ति पनि बिचलित नभएको पौराणिक कहानी रहेको छ) |दुइ पाउले सारा धर्ति र आकाश सकियो बाकी एक पाउका साथ बलिलाई पातललोक पुर्याउनु भो |यसरी राजा बलिको दानबिर अभिमान चकनाचुर पारीदिनी भो | यसपछि बलिले बिष्णुको आराधना गर्न शुरु गरे|यसै समय देवी लक्ष्मीले समेत बलिलाई भेटि उसलाई रक्षा बन्धन बाधी भाई बनाएको प्रसंग समेत पाईन्छ|यो दिन श्रावण शुक्ल पूर्णिमा थियो |

यसै गरी बिष्णु पुराण अनुसार विष्णुले हेग्रिबको रुप धारण गरी ब्रह्माको लागी बेद फिर्ता गराएको दिन यहि दिन थियो |त्यसैले हेग्रिबलाई विधा र बुद्विको प्रतिक स्वरूप समेत मानिन्छ|

ऐतिसाहिक प्रसंग

रक्षा बन्धनको बिषयमा थुप्रै ऐतिसाहिक प्रसंग पनि पाईन्छ|ग्रीकका राजा सिकन्दरकी पत्नीले आफ्ना पतिका हिन्दु शत्रु पुरुवासलाई रक्षा बन्धन बाधी सिकन्दरको नमार्ने बाचा गराएकी थिइन|उसले रक्षा बन्धनको सम्मान गर्दै सिकन्दरलाई जीवनदान दिएको प्रसंग समेत पाईन्छ|

महाभारतमा कृष्ण र द्रौपतीको कथा रक्षा बन्धन सग मिल्न जान्छ |  जब श्री कृष्णले चक्र द्वारा शिशुपालको बध गर्नु भो त्यस समय उहाको हातमा रगत बग्दा द्रौपतिले आफ्नो सारी च्याति कृष्णको औलामा बढ्नु भएको थियो|यसको बदलामा जब द्रौपतिको चिरहरणको समय श्रीकृष्णले सारीको फन्को बढाएर उपकार गर्नु भएको थियो|यो दिन श्रावण शुल्क पूर्णिमा थियो|यसरी एक अर्काको रक्षा र सहयोग गर्नेको भावना रक्षा बन्धनको पर्वबाटै शुरु भएको भन्ने भनाई समेत पाईन्छ |

यस पर्व रक्षाको बचन मात्र नभएर प्रेम,समर्पण,निष्ठा,र संकल्पद्वारा हृदयलाई बाध्ने पर्वको रुपमा लिने गरिन्छ|गीतामा उल्लेख भए अनुसार –सुत्र अविछिन्नताको प्रतिक हो|सुत्रले सबैलाई मिलाएर मालाको एकाकार रुपमा राख्छ’|