प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व परम्परागत श्रद्वा एंव विश्वासका साथ घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरी मनाउने गरीन्छ| यस दिन नागलाई धारण गर्ने भगवान शिवको साथै नागको पूजा गर्नाले दोष मेटिने मान्यता रहेको छ |खास गरी कालसर्प योगका दुष्परिणामबाट जोगिन नाग पूजा गर्ने गरिन्छ |साथै शनिको साढेसातका दश हटाउन समेत यसै दिन पूजा गर्ने गरीन्छ|जस्तै बिबाह,सन्तान नहुनु ,दाम्पत्य जीवनमा हुने असन्तोष,मानसिक अशान्ति, स्वास्थ्यमा पर्ने हानी जस्ता कुराहरु शिवलिंग सगै गरीने पूजाले हटेर जाने विश्वास गरीएको पाईन्छ|
यसै गरी नागको पूजाले नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक बिश्वास रहिआएको छ | नाग पूजाको प्रचलन वैदिक कालदेखि नै रहिआएको हो | वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ | नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसी आएको धार्मिक बिश्वास रही आएको छ | घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने जनबिश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आएको छ |गोरुको गोबर घरको ढोका टासी त्यसमाथि नाग देवतालाइ टासी दूध, दुर्वा, कुश, गन्ध, फूल, अक्षत, लड्डू सहित पूजा गरेर नाग स्त्रोत ‘ऊँ कुरुकुल्ये हुँ फट स्वाहा’मंत्रका जपगर्नु राम्रो मानिन्छ|
नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै चलिआएको छ | शिवले नागको माला लगाउने र विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको छ |श्रीकृष्णले यमुनाको कालिया नागबाट मुक्त गरेका थिए|गीतामा श्रीकृष्णले नागमा अनन्त (शेष नाग)हु भनेका छन|पुराण अनुसार धर्ति शेष नागको फन्को माथि अवस्थित रहेको मान्यता रहेको छ|
नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा बिभिन्न किसिमका किंवदन्ती प्रचलित छन् | तीमध्ये एउटा प्रख्यात किंबदन्ती यस्तो छः एक किसानले आफ्नो खेत जोतिरहेको बेला नागका तीन बच्चा मरे |आफ्ना बच्चाकी आमा(नागीनी)बच्चा मारेकोमा किसानदेखि रिसले क्रुद्ध भइन् | रिसले चुर भएकी नागिनीले रातको समय किसान उसकी पत्नी र दुई छोरालाई डसिन|अर्को दिन किसानकी छोरीलाई डस्न जादा किसानकी छोरीले कचौरा भरी दुध राखी नागीनिलाई क्षमा गर्न बिनय गरीन |कन्याको बिनय देखि प्रशन्न भएर नागीनीले किसान परिवारलाइ क्षमा गर्दै पुन जीवित गराईदीईन |नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनबिश्वास छ |
अर्को कथा अनुसार एक राजाका सात सन्तान थिए जस मध्ये कान्छो छोराका सन्तान थिएनन|एक दिन कान्छा छोराका पत्नीले सपना देखिन सपनामा नागको पूजा गरे सन्तान प्राप्त हुने भन्ने संदेश पाईन उनले सबै कुरा पतिलाई सुनाईंन दुवै जनाले सपना अनुसार पूजा गरे |त्यो दिन श्रावण शुक्ल पञ्चमी थियो भन्ने किम्बदन्ती रहेको छ|
गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रबर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाएपछि गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी बर्साएको प्रसङ्ग पनि इतिहासमा उल्लेख छ |प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने बैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ|