‘आई एम ए भर्जिन’ ले रोकेन

भारतीय सिनेमा “फाइनडिंग फन्नी” मा दिपिका पादुकोणले बोलेको डाइलग ‘आई एम ए भर्जिन’ प्रतिको विवाद समाधान भएको छ| फिल्ममा रहेको एक deepika_padukoneसिनमा दिपिकाले बोलेको यस डाइलगलाई फिल्मबाट निकाल्नु पर्ने माग राखेको सेन्सर बोर्डले केहि समय अगाडी यस फिल्मलाई सेन्सर पास नदिई रोकेको थियो |

बोर्डले शनिवार यस मुद्धामा पुनर्विचार गर्दै यसको निर्देशकलाई यस डाइलगलाई फिल्ममा समाबेश गर्नका लागि अनुमति दिएको छ | सेन्सर बोर्डका सदस्यहरुले फिल्मका निर्देशक होमी अदजानियालाई खबर गरेर उक्त डाइलगलाई फिल्ममा समाबेश गर्दा केहि समस्या उत्पन्न नहुने देखिएकाले यसलाई समाबेश गर्न सकिने बताएका थिए |