आँखा झिम्क्याउँदा फोटो क्लिक !

विज्ञान प्रविधिको क्षेत्रमा चामत्कारीक प्रयोग गर्दै आएको गुगलले डिसेम्बरको प्रविधि अपडेटमा आफ्नो चस्मामा नयाँ सुविधा थपेको छ । जसको माध्यमबाट चस्मा लगाउने व्यक्तिले आँखा झिम्क्याएको भरमा फोटो खिच्न सक्छ र यु-ट्यूबमा भिडियो सेयर गर्न सक्छ ।
Google wink glass
यसका लागि आवाज तथा कुनै किसिमको स्पर्स आवश्यक पर्दैन । आँखा झिम्क्याउँदा हल्लिने परेलीको झिम्काइको भरमा यसले काम गर्छ ।
गुगलको दावी छ, यसले कुनै पनि बटन अथवा आवाजबाट काम गर्ने क्यामराले भन्दा छिटो काम गर्न सक्छ ।

गुगलले चस्माबाटै युटुबमा भिडियो सेयर गर्न सकिने सुविधा समेत समावेश गरेको छ ।