(अपडेट- यहाँ प्रकाशित समाचारमा झैँ भिसा रद्द भएको नभइ कलेज परिवर्तन गर्न चाहने विद्यार्थीहरूलाइ स्पष्टीकरण दिनका निम्ति पत्र आएको भन्ने खबर प्राप्त भएको छ । समाचारलाइ सोही अनुसार सच्याएर बुझ्न हुन पाठकहरूमा अनुरोध छ ।)
विगत केही समय यता अस्ट्रेलियन अध्यागमनले प्रक्रिया पुरा नगरेको भन्दै सयभन्दा बढी नेपाली विद्यार्थीहरूको भिसा रद्द गरेको छ। अस्ट्रेलियामा अध्ययनरत् केहि नेपाली विद्यार्थीहरूको भिसा रद्द हुने क्रम बढेपछि अहिले अविभावक र विद्यार्थीहरू गम्भिर चिन्तामा परेका छन्। सुनौलो सपनाका साथ अस्ट्रेलिया प्रवेश गरेका ती नेपाली विध्यार्थि आफ्नो भिषा रद्द भएपछि नेपाल फर्कने वा सवन्धित निकायमा मुद्दा हालेर बस्ने दुविधामा परेका छन्। भिक्टोरिया विश्वविध्यालयमा अध्ययनका लागि आएका सरोज सिग्देल भन्छन्, ‘विश्वविध्यालयको शुल्क धेरै महँगो भएकाले कलेज परिवर्तन गरेको थिएँ तर अध्यगमनले भिषा रद्द भएको जानकारी दिएकाले अहिले परामर्शका लागि कानुन ब्यवसायीको मा धाइरहेको छु, नेपाल फर्कने वा यहिँ बस्ने ठेगान छैन् ‘।
सरोज जस्तै अन्य थुप्रै विद्यार्थीहरूको गुनासो आफुसँग आउने गरेको एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजका निर्देशक सन्जिव शर्मा बताउँछन्। उनको भनाइमा विध्यार्थीहरूले क्षणिक लाभमा परेर आफू पढिरहेको कलेज छाड्नु भन्दा त्यसको दीर्घकालिन असरबारे पहिले नै सजग हुनु जरुरी छ। कति संख्यामा भिसा रद्द भयो भन्ने कुरा अध्यागमनले सार्वजनिक नगर्ने भए पनि आफ्नो जानकारि अनुसार यो संख्या ५ सय भन्दा बढि हुन सक्ने शैक्षिक परामर्शदाता शर्मा बताउँछन्।
हाल अस्ट्रेलियामा करिव २० हजारको संख्यामा नेपाली विद्यार्थी रहेका छन् भने कुल नेपालीको संख्या ७० हजार रहेको अनुमान छ। विश्वविध्यालयमा अध्ययनका लागि भिसा सहज तरिकाले मिल्ने भएकाले शुल्क महँगो नै भए पनि विध्यार्थिहरू शुरुमा जसरि पनि आउन चाहने तर आइसकेपछि भने कलेज अध्ययन, पढाइको चिन्ता, काम गर्ने समयको कमी र खर्चिलो जीवनका कारण शुल्क तिर्न नसकी अध्यागमनको नियम बमोजिम ६ महिना नपुग्दै आफू आध्ययनका लागि आएको कलेज परिवर्तन गर्दा उनिहरुको भिषा रद्द हुने गरेको शैक्षिक परामर्शदाताहरूको भनाइ छ।
पीडित विद्यार्थीहरू भने एजेन्सीहरूले राम्रो सल्लाह नदिएकाले आफुहरूको भविश्य धराशयी बनेको पीडित विध्यार्थिहरूको भनाइ छ। यस विषयमा वलि एण्ड अशोसिएट्सका निर्देशक भवानि वोलि भन्छन्- पूर्व तयारीविना अध्ययनका लागि नेपाल छाड्नु आफैमा चुनौतिपूर्ण छ। त्यसैले आफ्नो भिसा वारेमा अस्ट्रेलिया आउनुपूर्व नै शुल्क, स्थान, विषय कामको अवस्था राम्रोसँग बुझ्नु विद्यर्थिको नै उत्तरदायित्व हो । आफुहरूले नेपालमै विदेश जानुपूर्व सहि सल्लाह दिन एक सम्मेलन मार्फत कार्यक्रम लान लागेको व्यवशायी शर्माको भनाइ छ। यद्दपि सरकारी तवरबाटै सहि सूचना प्रवाह गर्ने व्यवस्था हुनुपर्ने र यसमा एजेन्सिहरूको समेत समन्वय रहनु पर्ने पीडित विद्यार्थीहरूको भनाइ छ। – असनेपालन्युज