कोस्टारिका प्रहरीले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न प्रयास गरिरहेका २७ नेपालीहरुलाई पक्राउ गरेको छ | सोमबार कोस्टारिका प्रहरीले कोस्टारिका र पानामा बिचको सिमा नजिकै पासो कानोसमा उनीहरुलाई पक्राउ गरेको थियो | इक्वेडरबाट कोष्टारिका हुँदै निकारागुवातर्फ लैजाने क्रममा उनीहरु बसेको स्थानबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरू कसैसँग पनि पासपोर्ट लगायतका कागजात छैनन् |
यसअघि पनि स्थानीय प्रहरीले सात नेपाली पक्राउ गरेको थियो | सिधै अमेरिकी भिसा प्राप्त गर्न कठिन हुने भएकोले दक्षिण अमेरिकी देशहरू हुदै धेरै नेपालीलाई अमेरिका लाने लाने गरिएको छ|यस्ता क्रियाकलापहरुलाई मानव बेचबिखन सग तुलना गरीएको छ | सार्वजनिक सुरक्षामन्त्री सेलो गाम्बाले स्थानीय टिको टाइम्स पत्रिकासँग भने-‘उनीहरुको अन्तिम गन्तब्य संयुक्त राज्य अमेरिका रहेको पाइएको छ, मानव बेचबिखनमा संलग्न गिरोहको पहिचान गर्ने कोसिस गरिरहेका छौं ।’ सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार पक्राउ परेका नेपालीहरुको स्वास्थ्य परिक्षण गरी अध्यागमन अधिकारीलाई जिम्मा लगाईएको छ |
खास गरी दक्षिण एसियाली मुलुकका नागरिकहरुलाई एजेन्टहरुलको सहयोगमा दक्षिण अमेरिकी मुलुकको बाटो प्रयोग गर्दै गैर कानुनी तरिकाले अमेरिका पुर्याउने गरिन्छ| उत्तरी निकारागुआ भै अमेरिका पुर्याउने क्रममा कोस्टोरिकालाई एक मार्गको रुपमा प्रयोग गरीदै आएको छ|
कोष्टारिकामा सोमबार पक्राउ परेका नेपालीहरु | तस्वीरः सार्वजनिक सुरक्षा मन्त्रालय, कोष्टारिका