अमेरिका नेपाल साहित्य प्रतिष्ठानको स्थापना

तदर्थ समितिको संयोजकमा गोविन्द गिरी प्रेरणा
अमेरिकामा नेपाली साहित्यकारहरुको उपस्थिति बढ्दै जाँदा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको स्थापना गरिने भएको छ । त्यसका निम्ति तदर्थ समितिको संयोजकमा साहित्यकार गोविन्द गिरी प्रेरणा रहनु भएको छ भने अमेरिकाका विभिन्न राज्यका साहित्यिकारहरुलाई समेटी समितिलाई निकट भविष्यमा पूर्णता दिइने बताइएको छ ।

हाम्रो sahityaनेपाली साहित्य नेपाली साहित्यकार र नेपाली साहित्यप्रेमीहरुको वीचमा मात्र सीमित रहेमा नेपाली साहित्यलाई विश्व वजारमा पुग्न सहज हुँदैन र हाल भैरहेका गतिविधि नेपाली जनसमुदायमा मात्र केन्द्रित देखिएकोले कम्तिमा नेपाली र अमेरिकन साहित्यकारवीच सम्वन्ध सम्पर्क गराउन, साहित्यिक गतिविधिमा एक आपसमा सम्मिलित हुन यौटा प्राज्ञिक निकायको रूपमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको परिकल्पना गरिएको सम्बद्धहरूले बताएका छम् ।

हाल तदर्थ समितिको रुपमा काम कारवाही तथा गतिविधि सञ्चालन गर्दै जाने र यथासक्य दर्ता प्रकृया पूरा गरी औपचारिक रुपमा गठन गरिने छ ।

प्रतिष्ठानबाट नियमित रुपले विविध साहित्यिक गतिविधि गर्दै जानुका साथै दीर्घकालिन प्राज्ञिक योजनाहरु पनि सञ्चालन गरिने योजना छ ।