अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको आर्लिंगटन पुस्तकालयमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानको विधिवत रुपमा उद्घाटन भएको छ । साहित्यकार गोबिन्द गिरी प्रेरणा संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्छ ।
उक्त साहित्य प्रतिष्ठानको समुद्घाटनको साथै उक्त अवसरमा बिद्युतिय संजाल एम्नेलिया डटकम (amnelia.org ) को सार्बजनिकको साथै भर्खरै स्थापना भएको उक्त साहित्य प्रतिष्ठानको प्रथम कोसेली स्वरुप अनेलिया डिजिटल(आङ्किक) पत्रिकाको विमोचन समेत गरिएको छ ।
नेपाली दूताबासका उप नियोग प्रमुख नारायण मैनालीले उद्घाटन गर्नुको साथै शुभकामना दिएका थिए । हाल: अमेरिका भ्रमणमा रहेका नेपालका वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले अनेलिया डिजिटल(आङ्किक )पत्रिकाको उद्घाटन गरि शुभकामना सहित दिएका थिए भने यसैगरि कार्यक्रममा पंडित राजेन्द्र खनालले बैदिक बिधिद्वारा उच्चारण सहित शुभकामना दिएका थिए ।
कार्यक्रममा शुभ कामना मन्तब्य दिने वक्ताहरुले डिसी क्षेत्रमा अत्यधिक संघ तथा संस्था भएकोले अब कुनै संस्था नखुलोस भनि विचार राख्दै शुभकामना दिएका थिए । नायक सरोज खनालले पनि उक्त अवसरमा कविता वाचन गर्न भ्याएका थिए भने डिसी महानगर क्षेत्रमा रहेका बिभिन्न कबि तथा कवियत्रीहरुले कविता वाचन गरेका थिए । कबि प्रकाश नेपालले गत हप्ता हत्या गरिएकी नेपाली चेली समानता श्रेष्ठलाई समर्पित गर्दै कविता वाचन गरेका थिए ।
डिसी क्षेत्रमा रहेको फ्युजन ब्याण्ड(सङ्गीत मण्डली)का कलाकारहरु आनन्दु लामा, बिश्वराज थापा तथा अंकुश नेपालद्वारा प्रस्तुत गरिएको बाँसुरी धूनले दर्शक मन्त्रमुग्ध भएका थिए भने कार्यक्रम संचालन संचारकर्मी बिष्णु शितलले गरेका थिए ।
अमेरिकाको जेठो संस्था अमेरिका नेपाल सोशाईटी (समाज)का पुर्ब: अध्यक्ष खेम भट्टचन, हार्भार्ड विश्वविद्यालय-बिद्याबारिधी डा. बिबेक पाण्डे लगायत डिसी महानगर क्षेत्रका नेपालीहरु कार्यक्रममा ऊपस्थित थिए ।