१२ बर्ष पछी विश्वकपमा फर्केको बेल्जियमले जारी विश्वकपको प्रि क्वाटरफाइनलको अन्तिम खेलमा अमेरिकालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ |मंगलवार भएको खेलमा बेल्जियमको लागी केभिन डे ब्रुयनीले र लुकालुले गोल गरेका थिए|निर्धारित समयमा गोलरहित भएपछी अतिरिक्त समयमा बेल्जियमको लागि केभिन डे ब्रुयनीले ९३ औ मिनेटमा पहिलो गोल गरे |उनको लुकाकुबाट पाएको पासलाई गोलमा परिणत गरेका थिए|
यसैगरी अतिरिक्त समयमा मैदान छिरेका लुकालुले १०५ औ मिनेटमा अर्को गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाए|उनले केभिन डे ब्रयुनीबाट पाएको पासलाई सुन्दर तरिकाले गोलमा परिणत गरेका थिए|
दोस्रो हाफमा निकै आक्रामक बनेको बेल्जियमले पटक पटक पाएको अवसरलाई गोलमा परिणत गर्न सकेन | खेलको ५७ औं मिनेटमा ओरिगीले गरेको हेड पोष्ट नजिकैबाट बाहिरियो भने ६० मिनेटमा बेल्जियमकेा लागि ड्राईज मर्टेन्सले गरेको प्रहार पनि बिफल भयो|
दुई गोलले पछाडी रहेको अमेरिका अन्तिम समयमा आक्रामक खेल खेल्दै एक गोल गर्न सफल रह्यो| वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका जुलियन ग्रीनले १०७ औ मिनेटमा गोल गर्दै खेलाडीहरुमा आशा थपीदिए |गोल गरे लगत्तै बेल्जियमलाई पूर्णत दवाबमा राखे पनि गोल भने गर्न सकेनन |
सन् १९३० को पहिलो विश्वकपमा अमेरिकाविरुद्व खेलेको बेल्जियमको अमेरिका सगको यो ८४ बर्ष पछिको भेट हो|उक्त खेलमा बेल्जियम ३-० ले पराजित भएको थियो|सन् १९८६ को विश्वकपको सेमीफाईनलमा पुगेको बेल्जियमले त्यस पछिका दिनहरुमा खासै राम्रो प्रदर्शन गर्न नसके पनि यस पटक भने छनौट चरण देखि नै अपराजित रहदै बलियो टिमका रुपमा देखा परेको छ| बेल्जियमले आफ्नो क्वाटरफाइनल खेल अर्जेन्टिनाविरुद्ध खेल्नेछ|