पूर्वी अफ्रिकी राष्ट्र मोजाम्बिकमा गैर आवसिय नेपाली संघ (एनआरएनए)को नयाँ राष्ट्रिय कार्य समिति गठन भएको छ।
समाचारअनुसार सभापति गणेश प्रसाद भण्डारी, उपसभापति मदन बस्याल, महासचिब उदयबिक्रम थापा, सचिब महेन्द्र चापागाईं, कोषाध्यक्ष प्रकाश बस्याल बनेका छन् । त्यस्तै, युवा संयोजकमा बासुदेव घिमिरे र सदस्यहरुमा कृष्ण रायमाझी, लक्ष्मन न्यौपाने, रुद्रबहादुर बिसी, टेकप्रसाद बस्याल र यादव बस्याल रहनु भएको छ।
मोजाम्बिकमा ६० जनाभन्दा बढी नेपालीहरु बसोबास गरिरहेका छन्।