अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको शाखा स्पेनमा समेत बिस्तार भएको छ । कलाकार प्रकाश तिवारीको अध्यक्षतामा गठन गरिएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज स्पेन शाखालाई केन्द्रिय समितिले अनुमोदन गरेपछि विधिवतरुपमा शाखा बिस्तार भएको हो ।
नवगठित अनेकस स्पेनमा पदाधिकारीहरुमा सल्लाहकार समिति एकराज गिरी, दीपक खरेल, निरज पोखरेल, मुक्त गुरुङ, इश्वर शर्मा, डिक कार्की, दीपक क्षेत्री, ज्योती गुरुङ, दावा ऋषि श्रेष्ठ छन् । कार्यकारिणी समितिमा प्रकाश तिवारी -अध्यक्ष, भरतराज न्यौपाने -उपाध्यक्ष, पुरुषोत्तम भट्टराई -उपाध्यक्ष, सरोज के.सी -महासचिव, राजकुमार ढकाल -सचिव, रेविका शाही -कोषाध्यक्ष, तोपबहादुर खत्री (सुनिल) -कार्यकारी सदस्य, सोनु क्षेत्री -कार्यकारी सदस्य, वसन्त रानाभाट -कार्यकारी सदस्य, सुरज मैनाली -कार्यकारी सदस्य, कविन्द्र चालिसे -कार्यकारी सदस्य, शिव गुरुङ कार्यकारी -कार्यकारी सदस्य, रन्जन बस्याल क्षेत्री -कार्यकारी सदस्य, तेन्जिङ लामा -कार्यकारी सदस्य, खेम ओली -कार्यकारी सदस्य, खगेन लामा -कार्यकारी सदस्य, अनिनाश सिंह -कार्यकारी सदस्य, सुनिता सुवेदी -कार्यकारी सदस्य,लक्ष्मण शर्मा -कार्यकारी सदस्य, प्रविण श्रेष्ठ -कार्यकारी सदस्य, काशीराम तिवारी -कार्यकारी सदस्य छन् । नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने ठुलो जिम्मेवारी अब अनेकस स्पेन टिमलाई आएको र यो जिम्मेवारीलाई पूरा गर्न सबै आफू लाग्ने कुरा नवगठित अनेकस स्पेनका अध्यक्ष प्रकास तिवारीले बताउनुभएको छ ।
नव गठित अनेकस (INAS) स्पेनमा गायन, नृत्य, अभिनय, साहित्य सबै विधाका कलाकार रहेको २१ सदस्यीय कार्यकारीणी समिति र कला तथा संस्कृतिप्रेमी एनआरएन स्पेनका अध्यक्ष एकराज गिरी, एनआरएन स्पेनका उपाध्यक्षसमेत रहनुभएका कुशल कलाकार निरज पोखरेल, संस्कृतिप्रेमी एनआरएन स्पेनका आइसिसी सदस्य दीपक खरेल, आफूलाई नेपाली कला र संस्कृतिको उत्थानमा लगाउदै आउनुभएका डिक कार्की, मुक्त गुरुङ, इश्वर शर्मा, दीपक क्षेत्री, ज्योती गुरुङ तथा दावा ऋषि श्रेष्ठ लगायतका समाजका उच्च व्यक्तिहरु सम्मिलित ९ सदस्यीय सल्लाहाकार समिति रहेका छ ।