अनेसास बेल्जियम च्याप्टरको अध्यक्षमा के.सी.

फेब्रुअरी १०, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको अध्यक्षमा दीपेन्द्र के.सी. निर्वाचित भएका छन् |सोमवार लुभेनमा सम्पन्न समाजको bhanu_bhaktaतेश्रो अधिबेशनले के.सी. लाई अध्यक्षमा निर्वाचित गरेको हो| दुई बर्षे कार्यकालको लागि राजकुमार पुडासैनी उपाध्यक्ष, दीपकज्योति पौडेल महासचिव, जे.बि. शेर्पा सचिव, परमानन्द सापकोटा कोषाध्यक्ष, त्यस्तै पंचम अधिकारी, नन्दराज घले, मोहन खत्री, हरी श्रेष्ठ, डिल्ली अम्याई र बिष्णु सापकोटा सदस्यमा निर्वाचित भएका छन्|

यसैबीच समाजले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सयौँ सतवार्षिकी बिबिध साहित्यिक कार्यक्रमको साथ मनाउने भएको छ| समाजले उक्त कार्यक्रमको लागि निवर्तमान अध्यक्ष बिमल गिरीको संयोजकत्वमा मूल समारोह समिति समेत गठन गर्ने निर्णय समेत गरेको छ| बेल्जियमस्थित सम्पूर्ण साहित्यिक स्रष्ट्राका साथै बिभिन्न सामाजिक सँघ-सँस्थाहरुको सहभागितामा कार्यक्रम आयोजना गरिने भएको छ|