अनमोल कोशेली

Dinesh Regmiप्रिय,
एउटा सानो कोशेली पठाएको छु
खुल्ला आकाश भित्रको प्रित पठाएको छु
त्यो रंगीन कागजले बेरीएको छैन
त्यसमा पठाउने र पाउनेको नाम छैन
तर त्यो अनमोल छ ।

नयन भित्रको मोतीले भरीभराउ छ
सजीव छ, र पनि मौन छ
देख्दा आकर्षक नहोला
भन्सार र ढुकुटीमा नपाइएला
तर त्यो सागर झैं गहिरो छ
धर्ती झैं बिशाल छ
त्यसलाई बखान गर्ने अरु शब्द छैन
त्यसको स्पर्श गर्ने अरु हृदय छैन ।

प्रिय,
त्यसलाई हेर्ने भीन्नै आँखा चाहिन्छ
त्यसलाई चुम्न भीन्नै ओँठ चाहिन्छ
मेरो कोशेलीलाई नाई नभन ल
मेरो हृदयभरिको स्नेह तिमीलाई नै ल !
– दिनेश रेग्मी