नेपालका २ ब्याट्सम्यान र ५ बलर उत्कृष्ट सयमा

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जारी गरेको ट्वान्टी ट्वान्टी खेलाडीको नयाँ वरीयतामा नेपालका ७ क्रिकेटर परेका छन् । ती ७ क्रिकेटरमा ५ बलर र २ ब्याट्सम्यान उत्कृष्ट सयमा परेका हुन् ।

cricket-team-nepalकप्तान पारस खड्का भने बलर र ब्याट्सम्यान दुवैतर्फ उत्कृष्ट सयमा परेका छन् । पारस बलरमा ९१ औं र ब्याट्सम्यानमा ७२ औं स्थानमा छन् ।

वरीयतामा बसन्त रेग्मी सबभन्दा अगाडि ६३ औं स्थानमा, शक्ति गौचन ७४, सोमपाल कामी ७९, सागर पुन र पारस खड्का ९१ औं स्थानमा छन् ।

ब्याट्सम्यानतर्फ भने पारस खड्का ७२ र शरद भेषावकर ७७ औं स्थानमा छन् । पारस यसअघिको वरीयतामा ६४ औं स्थानमा थिए ।

  • Post category:खेल