Mar 062016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

– महेन्द्र पौडेल

यसको परिभाषाः ‘तस्कर’ कुनै अबैध चिज ओसारपसारलाई भनिन्छ । नेपालमा तस्कर हुने चिजहरु जडिबुटी, मानव अंग साथै नेपाल सरकारले प्रतिवन्धित गरेका बस्तुहरु भन्ने जनाउँछ । हाम्रो नेपाली परिभाषामा मानव तस्कर होइन मानव ओसारपसार भन्दा उपयुक्त हुन्छ । जसलाई नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बनाएको हो । कुनैपनि उदेश्यले मानिस बेच्ने वा किन्ने, फाइदा लिई वा नलिई बेश्यावृत्तिमा लगाउने, कानुनले बर्जित गरेका अंग झिक्ने कुराहरुलाई मानव बेचबिखन ओसारपसार नियन्त्रण ऐन २०६४ले परिभाषित गरेको छ । सँगसँगै समाज कल्याण ऐन २०४९ मा मानव बेचबिखन तथा ओसारपसारबाट पीडित/प्रभावितहरुको संरक्षण र हेरचाह सम्बन्धि मापदण्ड २०६८ पनि जारी गरेको छ । साथै मानव बेचबिखन विरुद्धको स्थानीय समिति गठन तथा परिचालन निर्देशिका २०७० पनि जारी गरेको छ ।

ACCENTA-250x202मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय कानुनी संयन्त्रलाई हेर्दा संयुक्त राष्ट्रसंघीय महासम्मेलनको २ डिसेम्बर १९४७को प्रस्ताव नम्बर ३१७ बाट स्वीकृत भै २५ जुलाई १९५१ देखि लागु भएको हो । सार्कको एघारौं शिखर सम्मेलनले महिला तथा बालबालिकाको बेचखिनविरुद्धको महासन्धि पनि २००२ पारित गरिसकेको छ । यसका साथै नेपाल सरकारले पनि २०६४ जेष्ठ ११ गतेको मन्त्रिपरिषदको निर्णय गर्दै प्रत्येक वर्ष भदौ २० गतेलाई मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउने सुरुवात गरेको हो ।

कस्तो सजाय हुन्छ नेपालमा ?

सर्वोच्च अदालतले मानव तस्करीको विषयमा एउटा नजीर स्थापित गरेको छ । अदालतको निर्णय नं. ९०६४ मानव बेचविखन तथा ओसारपसार भाग ५५ साल २०७० अंक १० माघ महिनामा ‘मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ को दफा ३ तथा ४९१०९क० विपरीत कसूर गरेको देखिँदा निजलाई २० वर्ष कैद र रू.२ लाख जरीवाना हुने ठहर्छ ।

एसेन्टा मेलामा तस्करी भएको हो वा होइन?

अब मुल प्रश्न तिर लागौं । गैरआवासीय नेपाली संघका अगुवा अर्जुनकुमार श्रेष्ठले केही वर्ष पहिले गरेको एसेन्टा मेलामा संयोजकको भूमिका निर्वाह गरेका थिए, पछि मेलालाइ लिएर मानव तस्करी सम्बन्धी आरोप प्रत्यारोपको कुरा आए । अवश्य पनि त्यहाँ आर्थिक अनियमितता भएको हो । मानव ओसारपसारको प्रक्रिया खाडी तथा मध्यपुर्वमा एउटा समस्याको रुपमा रहेको छ । त्यहाँ धेरैजसो नेपालीहरु त्यसविषयमा संलग्न छन् तर युरोप तथा अमेरिका प्रक्रियाहरु फरक छन् । कसैलाई डरधाक, धम्कि देखाई जर्बजस्ती श्रम शोषण गर्ने काममा लगाउने भन्ने हुँदैन । तर युरोपतिर मान्छेको अबैध तस्कर गर्ने गिरोह अन्तर्राष्ट्रिय रुपमा सक्रिय छ तर ती कसरी छन् भने विभिन्न अबैध बाटाहरु प्रयोग गरी गैरकानुनी रुपमा मान्छेको ओसारपसार गरिरहेको विषयमा युरोपियन युनियनलाई अहिले ती तस्करहरुको विषयमा चासो र चिन्ता छ ।

तर एसेन्टामेलाको प्रक्रिया फरक छ । उनले एउटा घरको ढोका खुला राखेर द्वारपालेहरु ढोका वरीपरी खटाएर घरपछाडिको झ्यालमा भर्याङ्ग राखी अर्थात त्यो तरिका अपनाए । भलै मानिसहरु आए तर उनीहरु स्वस्र्फुत तरिकाबाट बैध रुपमा भिसा प्रक्रिया गरेर आए एसेन्टा मेलामा आएका आजसम्मको मानिसहरुको चालचलनले यो देखाउँछ । फर्म भर्नेदेखि स्टल बुकिङ्गसम्म, भिसा प्रक्रियादेखि डकुमेन्ट बनाउनेसम्म, निबेदन लेख्नेदेखि भिएफएसमा एप्लाई गर्नेसम्म, भिसा दिनेदेखि एयरपोर्टबाट उड्नेसम्म सबै प्रक्रिया कानुनी रुपमा सबैलाई कन्भिन्स गरी गरेको यो प्रक्रियामा एक जना मात्रै कसरी दोषि हुनसक्छ ?

एक जनाले कसरी मानव तस्करीको आरोप खेप्न सक्छ? एक जना मात्रैको थाप्लोमा हालेर अरु सदस्य उम्कन मिल्दैन कि तिनीहरु दृष्टिविहिन, वा अनपढ हुनुपर्यो । अर्को प्रसङ्गमा भन्दा मानव अधिकारको प्रतिवेदनले नेपालमा अशिक्षित तर एसेन्टा मेलामा त सबै शिक्षित नै आए जस्तो छ । त्यहाँ महिला वृद्धवृद्धा, र बालबालिका आए जस्तो लाग्दैन । आयोगको अध्ययनले गरिबी, लिंगको आधारमा गरिने असमानता र हिंसा साथै बेरोजगारी, शिक्षाको अभाव, चेतनाको कमी र कमजोर कानुनी व्यवस्थाका कारण मानव तस्कर मौलाएको देखाउँछ तर एसेन्टा मेलामा आयोगले भने जस्तो देखिदैंन ।

कसले गर्यो असली मानहानी

असली मानहानी गरेको कसले हो भने जसलाई एसेन्टा मेलामा सुचना तथा सन्चार क्षेत्रको जिम्मा दिइएको छ उसैले गरेको हो कसरी भने मानव तस्करी भयो भनेपछि उसले यी विषयहरुलाई पहिल्यै सार्वजनिक गर्नु पर्दथ्यो उतिबेलै । मान्छेहरु छिरे, यतै बसिसकेपछि ‘ए अँ त मान्छेहरु आएर यतै बसे है, होर मैले पनि यस्तै सुनेको, जस्ता नीच र तुच्छ जवाफ फर्काएर पानीमाथिको ओभानो बन्नुहुँदैन’ अब यसको छानविन गर्नुपर्दछ । मलाई त केही थाहा छैन भनेर उम्कन मिल्दैन । त्यहाँ आर्थिक अनियमितता र मान्छे ओसारपसार हुन सक्छ भनेर यदि भएमा मिडियामार्फत समाजमा जानकारी गराउने भनेर सोसाइटीले मिडियाको जिम्मा दिएको हो । त्यहाँ बस्ने सबै सदस्य दोषि छन् ।

मानहानि सम्बन्धि

अहिले ब्रगेल्ती खुलेका अनलाईनहरुले कसैको मानहानी गर्न सक्छन् त्यसैले समाचार र न्युज पोर्टल चलाउनेहरु नेपाल प्रेस काउन्सिलमा दर्ता गरी सुचना तथा सन्चार मन्त्रालयबाट सिफारीस लिई चलाउने प्रक्रिया अघि बढेको हो । तर कसैलाई इंगित गरी दोष देखाउने काम मिडियाको होइन । मिडियाले आशंका उपशंका गर्न र अनुसन्धानलाई सघाउन सक्छ । केही पहिले साँघु साप्ताहिकले पनि केवल मानव तस्करीसम्बन्धि समाचार सम्पे्रषण गर्दा आशंका मात्रै गरेको हो शंका उब्जाएको मात्र हो किटानी गरेको होइन, मिडियाबाट तर्सिनुपर्ने जरुरी छैन । अनुसन्धान र प्रमाणित नभै कसैलाई दोषि करार दिनु हुँदैन भने अनुसन्धानको प्रक्रियामा गइरहेको हुँदा कसैलाई निर्दोष भन्ने पनि हुँदैन । मिडियाको काम दोषि देखाउने वा निर्दोष भन्ने हुँदैन । निर्दोष भन्नेवित्तिकै चाकडीबाट अभिप्रेरित देखिन्छ । न्यायाधिस केवल अदालतमा रहन्छन् ।

पत्रकारले किन नलेख्ने र किन लेख्ने?

पत्रकारले आ–आफ्नो बिट वा आफुले चाहेको विषयमा कलम चलाउन छुट छ । कलम चलाउँदा कसै माथि पर्ने मानहानीप्रति सचेत रहिन्छ । मुख्यकुरा के हो भने पत्रकारले लुकेको तथ्यलाई वाहिर निकाल्ने प्रयास गर्ने हो । सुचनाको हक-अधिकार सबैमा हुन्छ । सुचनालाई समाचार बनाएर पस्किने हो । पत्रकार राम्रा भए भने समाज राम्रो बन्छ । पत्रकार अनुसार समाज बन्ने हो । पत्रकार एग्रेसिभ छन् भने समाज एग्रेसिभ हुन्छ । नेगेटिभ छन् भने समाज नेगेटिभ हुन्छ । उसको प्रस्तुत गर्ने शैलीमा भर पर्दछ । केही वर्ष पहिले भारतको एउटा कलेजका ५१ वर्षिय प्रोफेसरले आफु विवाहित हुँदाहुँदै त्यही कलेजकी एउटा २२ वर्षिय छात्रासँग लभ परेपछि कोठामा ल्याए । पत्रकारले यसलाई उछाले, टिभीदेखि प्रिन्ट मिडियामा, अनि उनलाई कालोमोसो दलियो । शहर घुमाइयो । भोलीपल्ट फेरि पत्रकारले अर्को प्रस्तुतीमा समाचार बनाए । प्रेम महान छ, अन्धो छ बढाइँ चढाइँ गरेपछि फेरि उक्त प्रोफेसरलाई कलेज र सारा गाउँलेले फुलमाला लगाएर स्वागत गरे । भनाईको अर्थ समाज परिवर्तनमा पत्रकारको अर्थ रहन्छ । भारतका प्रख्यात टिभी पत्रकार रविसकुमारले पनि यही कुरा भनेको केही दिन अघि अन्तरवार्तामा सुनेको थिएँ ।

यसो भन्दै गर्दा पत्रकारहरुले यस विषयमा लेख्ने अधिकार छैन भन्ने हो भने ती व्यक्तिहरु साँघुरो मानसिकताका हुन् । देश छोडेर विदेशमा आफ्नो परिवारको आय-आर्जन उकास्न आएका विदेशीइएका हामीहरु विदेशी देशको सभ्यता र संस्कृति देखेभोगेपछि देशका लागि केही गर्नुपर्दछ भन्ने भावनाबाट ओतप्रोत जो कोही पनि हुनसक्छ । त्यसैले समाज, राष्ट्र र जनतामा माथी गद्दारी गर्न हुन्न, देशको नाम बेच्न हुन्न भनेर कलम चलाउने हो । विदेशमा पारिश्रमिक लिएर कलम चलाइएको हुँदैन, विदेशमा आएपछि पत्रकारले कलम नचलाउने, राजनीतिमा आस्था राख्नेले राजनीति नगर्ने, समाजसेवी भावना हुनेले समाजसेवी नगर्ने, कविता लेख्नेले कविता नलेख्ने भन्ने हुँदैन ।

को हुन मानव तस्करी ?

कसैलाई झुक्काई ललाई फकाई प्रलोभनमा पारी अबैधरुपले एकठाउँबाट अर्कोठाउँमा ल्याई बन्धक बनाई वा कसैलाई जर्बजस्ती डरत्रास देखाई अनुचित काममा लगाई श्रमशोषण गर्नेलाई सोझो अर्थमा मानव तस्कर वा ओसारपसार भनिन्छ । मान्छेको अबैध व्यापारलाई मानवतस्कर भनिने हो । जस्तै कसैलाई बन्धक बनाएर, व्यवसायिक शोषण, बलपूर्वक श्रम गराउनेहरु मानव तस्करी हुन् । पछिल्लो साढे एकवर्षमा मानव बेचबिखन ६० दशमलब ३४ प्रतिशतले बृद्धि भएको कुरा राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो तथ्यांकले देखाउँछ ।

समाधान कसरी?

जसले यु-टुबमा सम्बन्धित पीडितको बयान लिएर यति लाख वा उति लाख फलानोलाई तिरे, म फसेँ भनेको छ भने अन्र्तवार्ता लिने मान्छेको समाजमा यसभन्दा अगाडि अरु अरु विषयमा अन्र्तवार्ता लिएको छ कि छैन भने केवल त्यही एसेन्टा मेलामा को को मान्छे आए भनेर त्यसैको पछाडि लागेर अन्र्तवार्ता लिएको हो भने त्यो सिधै पुर्वाग्रहप्रेरित नियोजित देखिन्छ । त्यो सुनियोजित षडयन्त्र हो । त्यो व्यक्तिको पहिचान गरी उसले लिएको सम्बन्धित पीडितको अन्र्तवार्ता र पीडितको पहिचान गरी पीडितलाई समाजले, एनआरएनले र राजदुतावासले हौसला दिएर दोषि उम्कन नपाउने गरी पीडितलाई सुरक्षाको ग्यारेन्टी गरी सबै किसिमका सुरक्षाहरु प्रदान गरी आश्वासन वा प्रलोभनमा परेको भए त्यो पत्ता लगाई दुतावासमार्फत निवेदन दर्ता गरी नेपाल सरकारका विभिन्न निकाय जुन माथि उल्लेख गरि सकियो ती मार्फत इन्टरपोलमा मुद्दा पुर्याएर दोषिलाई नेपाल झिकाई नेपाल कानुन अन्र्तगत कारवाही गर्न सकिन्छ । यो प्रक्रिया दुतावासलाई राम्रोसँग थाहा छ । यसको लागि पीडितले उजुरी गर्न जरुरी छ र उजुरी भैसकेपछि अदालतबाट प्रमाणित भएमा बल्ल मानव ओसारपसारलाई आरोपित गर्न मिल्छ । अहिले त मिडियाले केवल लुकेको र लुकाईएको तथ्यलाई कसरी हुन्छ बाहिर ल्याउने काम गर्दैगर्दा दुवैपक्षका कुराहरु बाहिर ल्याउने प्रयास भैरहेको हो । यसमा मिडियालाई, पत्रकारलाई गाली गर्नु दोहोलो गर्नु उचित छैन ।

सारांशमा :

विदेशमा बसेर आफ्नो देशको झण्डा, विभुती र गौरव गर्ने हाम्रा महान सपुतहरुको नामलाई भजाएर आफ्नो जोहो गर्ने मानिसहरु सायद नीच नै हुन् । देशको इज्जत र प्रतिष्ठालाई उँचो बनाउने ठाउँमा गिराउने कार्य हदैसम्मको बदनियतपूर्ण निकृष्ट कार्य हो । जो जो यसमा संलग्न छन् उनीहरुले इमान्दारीपूर्वक आफ्नो छातिमा हात राखेर नेपाल माता र धर्तिमाथी गद्दारी वा बलात्कार नगरिकन कर्तव्य निर्वाह गरिदिए भने समाज र राष्ट्र सबैतिर राम्रो हुन्छ । एसेन्टा मेलामा भएको आर्थिक अनियमिताका विषयमा मनगढन्ते प्रतिबेदन होइन कि स्पष्टरुपमा आफ्ना प्रतिबेदन र इमान्दारीपुर्वक आफ्ना गतिविधिहरु सार्वजनिक गरिदिए पुग्छ । नत्र बेइमानीहरुको इमानको कुनै जुवान हुँदैन भनेझैं बेइमानी गर्नेसँग कसैको केही लाग्दैन । समाजले त्यस्ता बेइमानीहरुसँग नुनको सोझोको लागि हातेमालो गर्नु दुःखका कुरो हो ।

 Leave a Reply

(required)

(required)


*